दोस्रो दिन पनि खरसाङ हाट बजारका दोकानहरु बन्द
Kurseong haat bazar


खरसाङ, 29 जून (हि.स.)। खरसाङ नगरपालिकाद्वारा खरसाङ बजारको हाट बजार क्षेत्रका 123 पसलेहरूलाई 15 दिनभित्र आफ्नो पसल खाली गर्न सूचना जारी गरेपछि यसको विरोधमा दोस्रो दिन पनि दोकानहरु बन्द रहेको छ।

आइतवार र सोमवार पसलहरुले दोकानहरु बन्द गरेर सोमवार खरसाङ हाट बजार व्यवसायी संगठनको तर्फबाट नगरपालिकामा ज्ञापन पत्र बुझाउन गएका थिए। खरसाङ हाट बजार व्यवसायी संगठनका सभापति राजु सेवा र सचिवको अगुवाईमा दोकानेहरु नगरपालिकामा ज्ञापन पत्र बुझाउन गएका थिए। तर, नगरपालिकामा नगरपालिका प्रशासक छुट्टीमा गएको र उनको स्थानमा रहेका अधिकारी पनि ट्रेनिङमा गएकाले ज्ञापन पत्र बुझाउन नसकेको सभापति सेवाले बताए।

उनले बताए अनुसार, दोकानेहरुले अब मंगलवार पनि नगरपालिकामा गएर ज्ञापन पत्र बुझाउने योजना छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande