
खरसाङ, 29 जून (हि.स.)। खरसाङको लङभ्यु चियाकमानका श्रमिकहरूद्वारा ७२ दिनदेखि आयोजित अनशन स्थलमा क्रामाकपाको ट्रेड युनियनका पदाधिकारीहरु पुगेर हौसला प्रदान गरेका छन्। यस टोलीमा दार्जिलिङ तराई डुवर्स चियाकमन मजदुर युनियनको केन्द्रिय प्रतिनिधिहरू र स्टाफ एन्ड सब स्टाफ एसोसिएसनका प्रतिनिधिहरू सामेल थिए।
प्रतिनिधिहरूले भने, लङभ्यु चियाकमानका श्रमिकहरू आफ्नो अधिकारको लागि अनशनमा छन्। तर, यतिका दिनसम्म पनि सरकारको सम्बन्धित विभागले व्यवस्थापकको अन्यायलाई बेवास्ता गर्नु र स्थानीय सासंदलाई समेत नटेर्नु दुर्भाग्यपूर्ण हो। यस्तो अवस्थामा श्रमिकहरूको संघर्षमा कुनै पार्टीको रगं नहेरेर सबैले एक जुटता देखाउन अति आवश्यक छ।युनियनले अनशनकारीहरूको जायज माग लिएर चलिरहेको धरनालाई उर्जा र हौसला प्रदान गर्न मजदुरहरूलाई भेटेको बताएको छ।
हिन्दुस्थान समाचार / हनोक