
इटानगर, 29 जून (हि.स.)। अरुणाचल प्रदेशको अञ्जाव जिल्लास्थित सारती गाउँको छेउमा हाइवे बनाउने कार्यमा लागिपरेको पोकलेनमाथि एउटा ढुङ्गा झरेर त्यसको चालक त्यसको मुनि दबिए। अधिकारीहरूले चालकको मृत्यु भएको आशङ्का व्यक्त गरेका छन्। तथापि चालकको बारेमा अहिलेसम्म कुनै जानकारी पाइएको छैन।
अधिकारीहरूले आज बताए, यो घटना सारती गाउँदेखि वालोङ्ग तर्फ लगभग 5 सय मीटर टाड़ा आइतवार भएको हो जतिबेला एउटा ढुङ्गा एक्सकेभेटरमाथि झऱ्यो जसले मशिन र चालकलाई कुच्यायो।
घटना घटेको तुरून्तैपछि शुरू गरिएको बचाउ अभियानलाई राती फेरि ढुङ्गा झर्ने जोखिमलाई मध्यनजर गर्दै रोक्नुपऱ्यो। सोमवार बिहान लगभग 4 बजेदेखि पुनः अभियान शुरू गरियो।
पुलिसले बतायो, हवाई पुलिस स्टेशनका इञ्चार्जको निगरानीमा वालोङ्ग आउटपोस्टको एक टीम बचाउ अभियानमा सहयोग गर्न तथा स्थितिमाथि नजर राख्नको लागि घटनास्थलमा पुगेको छ।
यसबीच ढुङ्गा-माटोलाी हटाउने काम भइरहेको छ, त्यसैले यस क्षेत्रलाई जोड़्ने सड़कमा वाहनहरूको आवागमनलाई बन्द राखिेको छ। अधिकारीहरूले बताए, अवशेषहरूलाई हटाउने कार्यमा भइरहेको प्रगतिको आधारमा सड़क आज पनि बन्द रहने आशा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा