मालवीय नगर अग्निकाण्ड स्थलमा पुगेका प्रदेश कङ्ग्रेस अध्यक्षले भने- ठोस कदम उठाउन आवश्यक छ
मालवीय नगर अग्निकाण्ड स्थलमा पुगेका प्रदेश कङ्ग्रेस अध्यक्षले भने- ठोस कदम उठाउन आवश्यक छ


नयाँ दिल्ली, 03 जून (हि.स.)। दिल्ली प्रदेश कङ्ग्रेस अध्यक्ष देवेन्द्र यादवले मालवीय नगर अग्निकाण्डपछि बुधवार घटनास्थलमा पुगेर स्थितिको जायजा लिए। उनले यस दुर्घटनामा ज्यान गुमाउने मानिसहरूको परिवारहरूप्रति गहिरो संवेदना व्यक्त गर्दै भनेका छन्, दिल्लीमा नियमहरूलाई बेवास्ता गरेकै कारणले यस किसिमको दुर्घटना बारम्बार दोहोरिरहेको छ जसमा निर्दोष मानिसहरूले आफ्नो ज्यान गुमाउनु परिरहेको छ।

यो जानकारी उनले आफ्नो सोशल मीडिया अकाउन्ट एक्समा साझा गर्दै भने, सरकार र प्रशासनले यसपालि ढाकछोप गर्नको सट्टा सुरक्षा व्यवस्थामा व्याप्त कमी-कमजोरीहरूलाई हल गर्नको लागि ठोस कदम उठाउनुपर्छ। उनले भने, यसअघि पनि दुई-तीन पटक भयानक घटनाहरू भइसकेका छन्। चाहे त्यो पालम त्रासदी होस् वा विवेक विहारको घटना। त्यहाँको पनि स्थिति यस्तै जस्तै थियो। दाबी गरियो, एयर कण्डिशनर पड़्केर वा अन्य कारणले आगो लागेको थियो। तर आजसम्म आगलागीको कारण पत्तो लाग्न सकेको छैन। उनले भने, कङ्ग्रेसले सरकारलाई बारम्बार चेताउनी दिँदै आएको छ र सतर्क गराउँदै आएको छ। उनले भने, विवेक विहारको घटनापछि र पालम घटनापछि यी चिन्ताहरूलाई उठायौं। कङ्ग्रेसको बारम्बार यस्ता गम्भीर मुद्दाहरू उठाउँदा पनि सरकारले कुनै ध्यान दिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande