रङटङ क्षेत्रमा अपरिचित व्यक्तिको मृत देह उद्धार
रङटङ क्षेत्रमा अपरिचित व्यक्तिको मृत देह उद्धार


खरसाङ, 03 जून (हि.स.)। तीनधारेदेखि मुन्तिर रहेको रङटङ नजिक क्षेत्रमा एक अज्ञात व्यक्तिको मृतदेह फेला परेको छ। प्राप्त जानकारी अनुसार, रङटङ रेलवे स्टेशनदेखि केही माथिको जंगलभित्र बुधवार साँझ एक अज्ञात पुरुषको मृत देह फेला परेको छ। उक्त अज्ञात व्यक्तिले रुखमा झुण्डिएर आत्महत्या गरेको आशंका गरिएको छ।

स्थानीयहरुले पुलिस प्रशासनलाई जानकारी गराएपछि तीनधारे पुलिस आउट पोस्टको पुलिस घटनास्थलमा पुगे। पुलिसले मृत देह सुकना अस्पताल पुर्याएको र बिहिवार उत्तर बंगाल मेडिकल कलेज लगिने जानकारी प्राप्त भएको छ। अज्ञात व्यक्तिको शव विषयमा कसैले जानकारी लिन चाहे तीनधारे पुलिस आउट पोस्टमा सम्पर्क गर्न सक्ने बताइएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande