
गुवाहाटी, 03 जून (हि.स.)। केन्द्रिय मन्त्री विदेश एवं कपड़ा राज्यमन्त्री पवित्र मार्घेरिटाले भनेकी छन्, असमको पारम्परिक मूगा रेशम उद्योगलाई सशक्त बनाउनको लागि केन्द्र सरकारले 411 करोड़ रुपियाँको महत्वाकाङ्क्षी ‘मिशन मूगा सिल्क-स्नेहजोरी’ योजना शुरू गरेको छ। यो पहललाई असम सरकार तथा डोनर मन्त्रालयको प्रयासमा लागू गरिँदैछ।
उनले बुधवार मीडियासित बातचित गर्दै बताइन्, तीन वर्षसम्म चल्ने यस परियोजनाको उद्देश्य असमलाई विश्वप्रसिद्ध स्वर्णिम मूगा रेशम उद्योगलाई आधुनिकीकरण गरी त्यसलाई वैश्विक स्तरमा प्रतिस्पर्धी लक्जरी टेक्सटाइल क्षेत्रको रूपमा विकसित गर्नु हो।यस मिशनबाट राज्यको लगभग 2.6 लाख बुनकर, रेशम पालक तथा उद्यमीहरूलाई प्रत्यक्ष लाभ प्राप्त हुने आशा छ।
मार्घेरिटाले भनिन्, योजना अन्तर्गत असममा पाँच वटा आधुनिक मूगा रीलिङ्ग एकाईहरू स्थापना गरिनेछ भने धेमाजीमा एक समर्पित मूगा स्पन सिल्क मिल स्थापना गरिनेछ। यसको साथै मूगा उत्पादनको लागि आवश्यक सोम र सोआलुको बिरूवाको 5 हजार हेक्टेयर क्षेत्रलाई पुनर्जीवन गरिनेछ।
उनले भनिन्, मिशनको लक्ष्य किसानहरूको आय बढ़ाउनु, मूगा रेशमको निर्यातलाई प्रोत्साहित गर्नु तथा मूगा धागाको मूल्यमा वृद्धि ल्याउनु हो। ग्रामीण आजीविकालाई मजबुत बनाुनको लागि 1,180 किसान हित समूह (एफआईजी) औ 30 किसान उत्पादक सङ्गठन (एफपीओ) गठन गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा