
कोलकाता, 03 जून (हि.स.)। पश्चिम बङ्गाल सरकारले बुधवार जनहितमा हेल्प लाइन औ ई-मेल आईडी जारी गरेको छ। यसका विभिन्न सेवाहरूलाई सर्वसाधारण मानिसहरूसम्म पुऱ्याउनको लागि वा राज्य सरकार समक्ष सोझै सिकायत दर्ता गराउनको लागि हेल्प लाइन र ई-मेल आईडी जारी गरिएको छ। हेल्प लाइन नम्बर रहेको छ- 82820 8282 एवं ई-मेल आईडी - asap@wb.gov.in मा गर्न सकिन्छ। प्राप्त जानकारी अनुसार यो सेवा सोमवारदेखि शनिवारसम्म प्रत्येक दिन बिहान 9-देखि साँझ 5 बजेसम्म चालू रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा