शेख हसिनाले आत्मसमर्पण गरे सिधै जेल पठाइने छ : बंगलादेश सरकार
बांग्लादेश की विदेश राज्य मंत्री शमा ओबैद इस्लाम (फाइल फोटो)


ढाका, 13 जुलाई (हि.स.)। बंगलादेशको अन्तरिम सरकारले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाप्रति कडा धारणा अपनाउँदै उनले आत्मसमर्पण गरे वर्तमान कानुनअनुसार सबैभन्दा पहिले जेल पठाइने जनाएको छ। साथै भारतबाट उनको प्रत्यर्पण (एक्स्ट्राडिसन) गराउन कूटनीतिक प्रयास निरन्तर जारी रहेको पनि स्पष्ट पारेको छ।

बंगलादेशकी विदेश राज्यमन्त्री शमा ओबैद इस्लामले आइतबार विदेश मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै शेख हसिना एक मुद्दामा यसअघि नै दोषी ठहर भइसकेकाले उनले दिने कुनै पनि सार्वजनिक अभिव्यक्तिबारे सरकारले विचार गर्न आवश्यक नरहेको बताइन्।

उनले भनिन्, “शेख हसिनाले भारतमा आत्मसमर्पण गरे पनि वा बंगलादेशमा गरे पनि, सबैभन्दा पहिले उनलाई जेल पठाइनेछ। त्यसपछि हुने सबै प्रक्रिया कानुनअनुसार अघि बढाइनेछ।”

शमा ओबैदले बंगलादेश सरकारले विद्यमान प्रत्यर्पण सन्धिअन्तर्गत भारतसँग शेख हसिनालाई बुझाइदिन औपचारिक अनुरोध गरिसकेको र उनको फिर्ती सुनिश्चित गर्न कूटनीतिक पहल जारी रहेको जानकारी दिइन्। उनले हसिना बंगलादेश फर्किएपछि त्यसपछिको सम्पूर्ण कानुनी प्रक्रिया न्यायिक व्यवस्थाअनुसार सञ्चालन हुने बताइन्।

शेख हसिनाले दिसम्बरमा बंगलादेश फर्कने सम्बन्धमा हालै दिएको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै विदेश राज्यमन्त्रीले उक्त भनाई देशबाहिर रहेका वा भूमिगत भएका अवामी लिगका नेता तथा कार्यकर्ताको मनोबल बढाउने प्रयास हुन सक्ने टिप्पणी गरिन्।

उनले भनिन्, “आत्मसमर्पण गर्नुको सट्टा विदेशबाट दिइएका उनका अभिव्यक्तिहरू लुकेर बसेका वा देश छोडेका अवामी लिगका नेता तथा कार्यकर्तालाई प्रोत्साहित गर्ने प्रयासजस्तो देखिन्छ।”

यद्यपि उनले शेख हसिनाले कहिले र कहाँ आत्मसमर्पण गर्ने भन्ने विषय उनको व्यक्तिगत निर्णय भएको बताइन्। सरकारको दायित्व भने उनको बंगलादेश फिर्ती सुनिश्चित गर्नु र कानुनी प्रक्रियालाई अगाडि बढाउनु मात्र रहेको उनले स्पष्ट पारिन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande