
नयाँ दिल्ली, १९ जुलाई (हि.स.)। लद्दाखका सामाजिक कार्यकर्ता सोनाम वाङचुकको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ। तर लामो समयसम्मको अनशनका कारण स्वास्थ्यमा परेको प्रभावलाई ध्यानमा राख्दै चिकित्सकहरूले उनलाई निरन्तर निगरानीमा राखेका छन्। वीएमएमसी एंव सफदरजंग अस्पतालले जारी गरेको चौथो स्वास्थ्य बुलेटिनमा वाङचुकका सबै महत्वपूर्ण शारीरिक सूचक (भाइटल प्यारामिटर) हाल स्थिर रहेको जनाइएको छ। यद्यपि रगत सम्बन्धी केही परीक्षणका मानकहरू अझै सामान्य अवस्थाभन्दा थोरै फरक रहेको उल्लेख गरिएको छ।
आइतवार जारी बुलेटिन अनुसार, लामो उपवासले शरीरमा पार्ने प्रभावलाई मध्यनजर गर्दै उनलाई विभिन्न विषयका विशेषज्ञ चिकित्सकहरूको टोलीको निगरानीमा राखिएको छ। वीएमएमसी एंव सफदरजंग अस्पतालका चिकित्सकहरूसँगै नयाँ दिल्ली स्थित एम्सका विशेषज्ञहरूले पनि उनको स्वास्थ्य अवस्थामाथि निरन्तर निगरानी गरिरहेका छन्।
चिकित्सकहरू अनुसार, हाल स्वास्थ्य अवस्था स्थिर भएपनि सम्भावित जटिलताहरूलाई समयमै नियन्त्रण गर्न निरन्तर चिकित्सकीय हस्तक्षेप र चौबीसै घण्टा क्लिनिकल निगरानी आवश्यक छ। यही कारणले उनलाई अस्पतालमै भर्ती गरेर आवश्यक सम्पूर्ण उपचार प्रदान गरिएको छ। साथै उनको क्लिनिकल अवस्था तथा रगत सम्बन्धी सबै सूचकहरूको नियमित परीक्षण भइरहेको छ, ताकि स्वास्थ्यमा कुनै परिवर्तन देखिएमा तत्काल आवश्यक उपचार उपलब्ध गराउन सकियोस्।
हिन्दुस्थान समाचार / भवानी थामी