कारगिल विजय दिवसः मुख्यमन्त्री सरमाले वीर सहीदहरूलाई दिए श्रद्धाञ्जली, सैनिकहरको साहस अनि बलिदानलाई गरे नमन
कारगिल विजय दिवसः मुख्यमन्त्री सरमाले वीर सहीदहरूलाई दिए श्रद्धाञ्जली, सैनिकहरको साहस अनि बलिदानलाई गरे नमन


गुवाहाटी, 26 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले कारगिल विजय दिवसको अवसरमा कारगिल युद्धका वीर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै युद्धमा सामेल सबै सैनिकहरूको साहस, शौर्य एवं राष्ट्रप्रति उनीहरूको समर्पणलाई नमन गरे। उनले भने, कारगिल विजय दिवस भारतको सैन्य जीतको प्रतीक मात्र नभई भारतीय सेनाको अदम्य साहस, अटुट सङ्कल्प औ सर्वोच्च बलिदानको अमर गाथालाई स्मरण गराउने ऐतिहासिक दिवस पनि हो।

मुख्यमन्त्रीले आइतवार सोशल मीडिया मञ्च 'एक्स'-मा जारी आफ्नो सन्देशमा भने, कारगिल युद्धको 27 वर्षपछि पनि मातृभूमिको रक्षा गर्नको लागि आफ्नो प्राणको आहुति दिने वीर जवानहरूको त्याग देशवासीहरूको लागि सदैव प्रेरणाश्रोत भएको छ। उनले भने, भारतीय सैनिकहरूको देशभक्ति, कर्तव्यनिष्ठा औ अद्वितीय वीरताले प्रत्येक भारतीयको हृदयमा राष्ट्रगौरवको भावनालाई सदैव प्रज्ज्वलित राख्नेछ।

डा. सरमाले भने, कारगिलका अमर शहीदहरूको बलिदान भारतको इतिहासको स्वर्णिम अध्याय हो। उनीहरूको साहस र पराक्रमले यो सिद्ध गरिदियो कि देशको एकता, अखण्डता र सम्प्रभुताको रक्षार्थ भारतीय सैनिक कुनै पनि चुनौतीको डटेर सामना गर्नमा सक्षम छ। उनले भने, कारगिलका रणवीरहरूको वीरगाथाले भावी पिँढ़ीलाई पनि मातृभूमिको सेवा र राष्ट्रहितलाई सर्वोपरी राख्ने प्रेरणा दिनरहनेछ।

मुख्यमन्त्रीले कारगिल युद्धका अमर शहीदहरू तथा युद्धमा सामेल सबै वीर सैनिकहरूलाई सादर नमन गर्दै राष्ट्रप्रति उनीहरूको अतुलनीय योगदानको लागि कृतज्ञता व्यक्त गरे। उनले भने, सारा देश आफ्ना वीर जवानहरूको शौर्य, समर्पण औ सर्वोच्च बलिदानको सदैव ऋणी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande