
हुगली, 26 जुलाई (हि. स.)। जिल्लामा सरकारी राहत सामग्रीको कथित धाँदली, रङ्गदारी असुली औ आम मानिसहरूलाई धम्क्याएको सहित विभिन्न आरोपहरूमा लगभग डेढ़ महिनादेखिको भागेका तृणमूल नेता एवं आकना ग्राम पञ्चायतका उपप्रधान निर्मल घोषलाई पुलिसले पक्राउ गरेको छ। आरोपीलाई आइतवार पुलिस पिरासतको माग सहित चुँचुड़ा अदालतमा पेश गरियो।
पुलिस सूत्र अनुसार 14 जून, 2026-मा निर्मल घोषविरूद्ध पोलबा थानामा सरकारी राहत सामग्रीको कथित दुरुपयोग, विभिन्न क्षेत्रहरूमा रह्गदारी असुलेको तथा स्थानी मानिसहरूलाई धम्की दिएको आरोपमा सिकायत दर्ता गरिएको थियो। सिकायतको आधारमा भारतीय न्याय संहिता (बीएनएस)- का विभिन्न धाराहरूमा मामिला दर्ता गरिएको थियो। त्यसपछिदेखि नै आरोपी भागेको थियो।
पुलिसले लगभग डेढ़ महिनापछि आरोपीको ठेगना बारे सूचना पाएपछि गए शनिवार पोलबा थाना पुलिसले श्यामनगरमा छापामारी गरेर निर्मल घोषलाई पक्राउ गऱ्यो। पुलिस मुताविक तिनी एकजना आफन्तको घरमा लुकेर बसेका थिए।
भाजपा एवं स्थानीय मानिसहरूको भनाइ छ, आरोपीलाई चिन्हित गर्न सहज थिएन, किनभने उसले आफ्नो पहिचान लुकाउनको लागि लामो दाढ़ी पालेको थियो। ततापि पुलिसले उसलाई चिन्हित गरी पक्राउ गऱ्यो।
पुलिस सूत्र मुताविक पोलबा थानाका नवनियुक्त प्रभारी (ओसी) तनमय बागको निर्देशमा जाँच अधिकारी राकेश दासले स्पेशल अपरेशन ग्रुप (एसओजी)- को सहायताले यो अभियान सञ्चालन गरे।
-------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा