दिल्ली सरकार अचिभमेन्ट एण्ड स्कीम एक्सपोमा एमसीडीलाई प्रथम पुरस्कार
दिल्ली सरकार अचिभमेन्ट एण्ड स्कीम एक्सपोमा एमसीडीलाई प्रथम पुरस्कार


नयाँ दिल्ली, 26 जुलाई (हि.स.)। दिल्ली नगरनिगम (एमसीडी) लाई भारत मण्डपममा आयोजित दिल्ली सरकार अचिभमेन्ट एण्ड स्कीम एक्सपो 2026 मा शहरी नागरिक सेवा एवं जनकल्याणमा उत्कृष्ट योगदान दिए बापत प्रथम पुरस्कारले सम्मानित गरियो।

यो जानकारी आइतवार एक विज्ञप्ति मार्फत दिइएको हो। यस प्रदर्शनीमा विभिन्न विभाग अनि संस्थाहरूको 71 वटा स्टलहरू राखिएकोथियो। सबै प्रतिभागी प्रर्शकहरूमध्ये दिल्ली नगरनिगम (एमसीडी)-ले प्रथम पुरस्कार प्राप्त गऱ्यो। यो सम्मान नागरिक-केन्द्रित सेवा, जनकल्याणकारी पहल तथा शहरी प्रशासनमा नवाचारको क्षेत्रमा एमसीडीका उत्कृष्ट प्रयासहरूको लागि दिइएको हो।

जानकारी मुताविक दिल्ली नगरनिगमले आफ्नो समर्पित स्टलको माध्यमबाट नागरिककेन्द्रित पहल एवं जनसेवा सम्बन्धी नावाचरहरूलाई प्रदर्शन गरे। स्टलमा ठूलो सङ्ख्यामा विद्यार्थीहरू, नागरिकहरू तथा विभिन्न संस्थानहरूका प्रतिनिधिहरूले भ्रमण गरी एमसीडीका प्रमुख पहल एवं जनकल्याणकारी कार्यक्रमहरूको जानकारी हासिल गरे।

एमसीडीको स्टलमा सम्पत्ति कर विभाग, पर्यावरण प्रबन्धन सेवा विभाग (डैम्स), पशु चिकित्सा सेवा विभाग तथा जन स्वास्थ्य विभागले भाग लिएको थियो। इन्टऱ्याक्टिभ डिस्प्ले, मोडल तथा जागरूकता सामग्रीको माध्यमबाट यी विभागहरूले आफ्ना विभिन्न परियोजना, डिजिटल पहल एवं नागरिक सेवाहरूलाई प्रदर्शन गरेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande