
खरसाङ, 26 जुलाई (हि.स.)। शिक्षिका गोमा सुब्बा सन् 1913 मा स्थापित भारतमा गोर्खा जातिको पहिलो सामाजिक एवम् साहित्यिक संस्था साथै गोर्खा जातीय धरोहर गोर्खा जनपुस्तकालय खरसाङको 113 वर्षको इतिहासमा प्रथम नारी महासचिव बनेकी छन्। समाजसेवी, पत्रकार, नाट्य कलाकार, पूर्व समाचार वाचिकाको रूपमा समेत परिचित सुब्बाले दागोपापकालमा इक्लेजियास्टिकल विभागमा सह निर्देशकको पदमा सफलतापूर्वक कार्य गरिसकेकी छन्।
गोर्खा जनपुस्तकालयको पूर्व कार्यकारिणी समितिमा उनी सह सचिवको पदमा आसिन थिइन्। गोजपुको 113 वर्षको इतिहासमा प्रथम नारी महासचिव चयन भएकोमा सबैले हर्ष प्रकट गर्दै उनलाई बधाई दिएका छन्। उनले आफ्नो अनुभवको आधारमा पुस्तकालयको गरिमा र श्रीवृद्धि गर्न सफलता प्राप्त गर्ने सबैले आशा व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक