नदीमा पल्टियो नौका, व्यक्ति बेपत्ता
नदीमा पल्टियो नौका, व्यक्ति बेपत्ता


उत्तर दिनाजपुर, 26 जुलाई (हि. स.)। अन्तिम संस्कारबाट फर्किरहेको समय नौका पल्टिएर एकजना व्यक्ति नदीमा डुबेर बेपत्ता भए। आइतवार अपरान्ह भएको यो घटनापछि रायगञ्ज शहरको छेउमा बन्दर श्मशान कलोनी क्षेत्रमा शोक व्याप्त भएको छ।

स्थानीय सूत्र अनुसार बेपत्ता व्यक्तिको पहिचान नीलमणि रायको रूपमा भएको छ जो सुभाषगञ्जको नजिकै नसरतपुर कटाबाड़ी क्षेत्रको निवासी रहेको बताइएको छ।

प्राप्त जानकारी मुताविक अपरान्ह केही मानिसहरू बन्दर श्मशान घाटमा एकजना आफन्तको अन्तिम संस्कारमा सामेल हुनका लागि गएका थिए। त्यहाँबाट सबै मानिसहरू एउटा नौकामा सवार भएर फर्किरहेका थिए। तर घाटदेखि केही टाड़ा पुगेपछि अचानक नौका असन्तुलित भएर नदीको बीचमा पल्टियो। नौकामा सवार अन्य मानिसहरू पौड़िएर बाहिर निक्ले भने नीलमणि राय नदीमा डुबेर बेपत्ता भए।

घटनाको सूचना पाएर रायगञ्ज थानाको पुलिस, दमकल विभाग र आपदा प्रबन्धन टीम घटनास्थलमा पुग्यो। बेपत्ता व्यक्तिको खोजीमा नदीमा खोजी अभियान द्रूत गतिमा शुरू गरियो। अचानक भएको यस दुर्घटनाको कारणले पीड़ित परिवार चिन्तित भएको छ। यो समाचार लेखुञ्जेलसम्म पनि नीलमणि रायको बारेमा केही पत्तो लागेको थिएन। खोजी जारी थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande