सगरमाथा आरोही असमकी पहिलो महिला रूपामणि गड़लाई सरकारले असम पुलिसमा उपनिरीक्षकको पद दिने
सगरमाथा आरोही असमकी पहिलो महिला रूपामणि गड़लाई सरकारले असम पुलिसमा उपनिरीक्षकको पद दिने


गुवाहाटी, 26 जुलाई (हि.स.)। असम सरकारले विश्वको सबैभन्दा अग्लो चुचुरा सगरमाथामा सफलतापूर्वक आरोहण गर्ने असमकी पहिलो महिला रूपामणि गड़लाई असम पुलिसमा उपनिरीक्षक (एसआई)- को पद दिने घोषणा गरेको छ।

मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, यदि भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी)-ले सहमति दियो भने रूपामणि गड़को नियुक्ति असम पुलिसमा उपनिरीक्षकको पदमा गरिनेछ। मुख्यमन्त्रीलो यो पनि घोषणा गरे, लखिमपुरस्थित रूपामणि गड़को घरदेखि लीलाबाड़ी हवाईअड्डासम्म सड़कलाई पक्का बनाइनेछ जसको नाम रूपामणि गड़ राखिनेछ।

डा. सरमाले भने, असमबाट यसअघि कुनै पनि महिलाले सगरमाथामा विजय हासिल गरेको थिएन। उनले भने, रूपामणि गड़को यो ऐतिहासिक उपलब्धिलाई स्वर्णिम अक्षरहरूमा लेखिनेछ जुन भावी पिँढ़ीको लागि प्रेरणाको श्रोत बन्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande