केन्द्रिय मन्त्री सुकान्त मजुमदारले बाबा तारकनाथ मन्दिरमा गरे पूजा
केन्द्रिय मन्त्री सुकान्त मजुमदारले बाबा तारकनाथ मन्दिरमा गरे पूजा


हुगली, 26 जुलाई (हि.स.)। श्रावणी मेलाको अवसरमा केन्द्रिय शिक्षा राज्य मन्त्री एवं पश्चिम बङ्गाल भाजपाका पूर्व प्रदेश अध्यक्ष डा. सुकान्त मजुमदारले आइतवार तारकेश्वरस्थित ऐतिहासिक बाबा तारकनाथ मन्दिरमा पूजा-अर्चना गरे।

यस अवधि उनको साथमा तारकेश्वरका विधायक सन्तु पान, सिङ्गुरका विधायक डा. अरूप दास, आरामबाग सङ्गठनात्मक जिल्ला भाजपा अध्यक्ष सुशान्त बेरा सहित पार्टीका केही नेता अनि कार्यकर्ताहरू उपस्थित थिए।

मन्दिरमा विशेष पूजा-अर्चना गरेपछि पत्रकारहरूसित बातचित गर्दै डा. सुकान्त मजुमदारले भने, म भाजपाको प्रदेश अध्यक्ष हुँदा यहाँ आएको थिएँ। राज्यमा सरकार गठन भएपछि आज फेरि बाबा तारकनाथको दर्शन गर्ने अवसर प्राप्त भयो। मैले बाबा तारकनाथसित प्रार्थना गरेको छु कि बङ्गालको त्यो पुरानो अन्धकारमय दिन फर्केर नआओस्।

श्रावणी मेलाको अवसरमा आइतवार बाबा तारकनाथ मन्दिर परिसरमा श्रद्धालुहरूको व्यापक भीड़ उर्लियो। केन्द्रिय मन्त्रीले श्रद्धालुहरूसित भेट गरे अनि पूजा-अर्चना गरी सबैको सुख, समृद्धि औ कल्याणको निम्ति कामना गरे।

केन्द्रिय मन्त्रीको भ्रमणलाई केन्द्र गर्दै क्षेत्रको सुरक्षा व्यवस्थालाई कड़ा बनाइएको थियो।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande