
जम्मू, ४ जुलाई (हि.स.)। कड़ा सुरक्षा व्यवस्थाबीच शनिवार बिहान वार्षिक श्री अमरनाथ यात्राका लागि श्रद्धालुहरूको तेस्रो टोली जम्मू स्थित भगवती नगर यात्री निवासबाट प्रस्थान गरेको छ। यो काफिला २५९ वटा सवारी साधन मार्फत बालटाल र पहलगाम दुवै आधार शिविरतर्फ गएको हो।
आधिकारिक जानकारी अनुसार, यस जत्थामा कूल ४,८१२ जना तीर्थयात्री सहभागी छन्, जसमध्ये २,०४१ जना बालटाल मार्ग र २,७७१ जना पहलगाम मार्ग हुँदै यात्रा गरिरहेका छन्। सवारी साधनको काफिलामा ९५ वटा बस, ४७ वटा मिडियम मोटर वाहन, ११६ वटा लाइट मोटर वाहन तथा एउटा दुई चक्के सवारी साधन समावेश छन्।
यस समूहमा ३,४३४ पुरुष, ९६६ महिला, ११ बालबालिका, २४४ साधु तथा १५७ साध्वी सहभागी छन्। बालटालतर्फ जाने काफिला बिहान लगभग ३:०० बजी प्रस्थान गर्यो भने पहलगाम मार्गको काफिला बहुस्तरीय सुरक्षा व्यवस्थाबीच बिहान ३:२४ बजी रवाना भयो।
यसैबीच दोस्रो टोलीका श्रद्धालुहरूले बालटाल तथा पहलगामको नुनवान आधार शिविरबाट अगाड़ीको यात्रा शुरु गरेका छन्। उनीहरू दक्षिण कश्मीर हिमालय क्षेत्रमा अवस्थित ३,८८० मिटर उचाइको पवित्र अमरनाथ गुफा मन्दिरतर्फ अघि बढ़िरहेका छन्, जहाँ प्राकृतिक रूपमा बनेको बरफको शिवलिङ्ग अवस्थित छ।
श्रद्धालु करण सिंहले सुरक्षा व्यवस्थाको प्रशंसा गर्दै बलियो सुरक्षा प्रबन्धले यात्रुहरूको आत्मविश्वास बढ़ाएको र उनीहरूलाई निडर भई यात्रा जारी राख्न प्रेरणा दिएको बताए।
सरकारी तथ्यांक अनुसार २ जुलाईमा उपराज्यपालले पहिलो टोलीलाई हरियो झण्डा देखाएर यात्रा शुभारम्भ गरेपछि हालसम्म जम्मूबाट कूल १३,४९९ जना श्रद्धालु यात्रा लागि प्रस्थान गरिसकेका छन्।
५७ दिनसम्म सञ्चालन हुने यो वार्षिक अमरनाथ यात्रा ३ जुलाईदेखि शुरु भई २८ अगस्त (रक्षाबन्धन) मा सम्पन्न हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी