केन्द्र सरकारले १७ पाकिस्तानी सहित २३ जना आतंकवादीलाई आतंकवादी घोषणा गर्यो
केन्द्र सरकारले १७ पाकिस्तानी सहित २३ जना आतंकवादीलाई आतंकवादी घोषणा गर्यो


नयाँ दिल्ली, 0४ जुलाई (हि. स.)। केन्द्र सरकारले गैरकानुनी गतिविधि (रोकथाम) अधिनियम, १९६७ (यूएपीए) अन्तर्गत २३ जना आतंकीलाई आतंकवादी घोषित गर्दै उनीहरूको नाम अधिनियमको चौथो अनुसूचीमा समावेश गरेको छ। गृह मन्त्रालयले यस सम्बन्धमा शनिवार छुट्टाछुट्टै अधिसूचना जारी गरेको छ।

घोषित आतंकवादीहरूमध्ये १७ जना पाकिस्तानी नागरिक तथा ६ जना भारतीय नागरिक छन्। तीमध्ये १३ जना प्रतिबन्धित संगठन जैश-ए-मोहमद्द , ९ जना लश्कर-ए-तोयबा तथा १ जना रेजिसटेन्स फ्रन्टसँग आबद्ध रहेका छन्। उनीहरू हाल पाकिस्तान वा पाकिस्तानको कब्जामा रहेको जम्मू–कश्मीर (पीओजेके) बाट आफ्ना गतिविधि सञ्चालन गरिरहेका बताइएको छ।

गृह मन्त्रालय अनुसार, यी व्यक्तिहरू भारतमा आतंकवादी हमला गराउने षड्यन्त्र, आतंकवारी भर्ती, तालिम, सीमापार घुसपैठ, हतियार तथा गोलाबारुद आपूर्ति, आतंकवादी संगठनलाई आर्थिक तथा रसद सहयोग उपलब्ध गराउने लगायत विभिन्न आतंकवादी गतिविधिमा संलग्न रहेको पाइएपछि यूएपीएको धारा ३५ अन्तर्गत आतंकवादी घोषणा गरिएको हो।

घोषित आतंकवादीहरूमा जैश-ए-मोहम्मदसँग सम्बन्धित मसूद इलियास कश्मीरी, मोहम्मद मुसादिक, मुफ्ती मोहम्मद असगर खान, हाफिज अब्दुल शकूर, अब्दुल्ला जेहादी तथा गुलाम फरीदजस्ता पाकिस्तान वा पीओजेके स्थित आतंकी समावेश छन्। उनीहरू घुसपैठ, भर्ती, तालिम, हतियार आपूर्ति तथा विभिन्न आतंकवादी हमलाको योजनामा संलग्न रहेको आरोप छ।

त्यसैगरी लश्कर-ए-तैयबा तथा त्यससँग सम्बद्ध सञ्जालका फिरदौस अहमद भट, हारुन राशिद गनाई, बिलाल अहमद मीर तथा आबिद कयूम लोनलाई पनि आतंकवादी घोषणा गरिएको छ। हारुन राशिद गनाई, बिलाल अहमद मीर र आबिद कयूम लोन जम्मू–कश्मीरका बासिन्दा भए पनि हाल पाकिस्तान वा पीओजेकेमा बसेर आतंकवादी गतिविधि सञ्चालन गरिरहेको बताइएको छ।

गृहमन्त्री कार्यालय अनुसार, यी आतंकीहरू भारतविरोधी गतिविधि, आतंकवादी हमला, आतंक फैलाउन उक्साउने कार्य, हतियार तस्करी, सीमापार घुसपैठ, आतंकवादी संगठनलाई सहयोग, आर्थिक स्रोत संकलन तथा आतंककारी भर्तीमा संलग्न रहेका छन्। सबै २३ जना हाल पाकिस्तान वा पीओजेकेबाट आफ्ना सञ्जाल सञ्चालन गरिरहेका छन्।

गृहमन्त्री कार्यालयले मोदी सरकारले भारत तथा भारतीय नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आतंकवादसँग सम्बन्धित हरेक मोड्युल र सञ्जाललाई पूर्ण रूपमा ध्वस्त पार्ने प्रतिबद्धता दोहोर्याएको जनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande