
सिलगढ़ी, 01 अगस्त (हि.स.)। सिलगढ़ीको भक्तिनगर थाना क्षेत्रमा अवस्थित केही पब औ बारहरूमा भइरहेका अनियमितता एवं कथित अनैतिक गतिविधिहरूलाई लिएर विवाद उत्पन्न भएको छ। स मामिलामा बङ्गीय हिन्दू महामञ्चले पुलिसलाई ज्ञापन सुम्पिएर जाँच अनि कारबाही गर्ने माग गरेको छ।
शनिवार सङ्गठनका सदस्यहरूले भक्तिनगर थानामा पुगेर आरोप लगाए, क्षेत्रका पब अनि बारहरूमा पछिल्लो लामो समयदेखिकै नियमहरूको उल्लङ्घन साथै अनैतिक गतिविधिहरू भइरहेका छन्। यसबाट सामाजिक माहोल प्रभावित भइरहेको छ। यस अतिरिक्त सङ्गठनले दाबी गरेको छ, केही पब अनि बारहरूले प्रशासनिक नियमहरूलाई बेवास्ता गर्दै विभिन्न गतिविधिहरू चलाइरहेका छन् जुन कानूनको घेरादेखि बाहिर छ।
यस सम्पूर्ण मामिलालाई लिएर बङ्गीय हिन्दूू महामञ्चले पुलिससित निष्पक्ष जाँच गरी चाँड़ै आवश्यक कारबाही गर्ने माग गरेको छ ताकि क्षेत्रमा कानून व्यवस्था अनि सामाजिक सन्तुलन काय रहोस्। पुलिसले आरोपहरूको जाँच गर्न शुरू गर्ने आश्वासन दिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा