आतङ्कवादीहरूलाई निमिट्यान्न पार्नको लागि सठीक एवं प्रभावकारी आतङ्कवाद विरोधी अभियानहरूलाी तीव्रता दिनुपर्छ: उपराज्यपाल
आतङ्कवादीहरूलाई निमिट्यान्न पार्नको लागि सठीक एवं प्रभावकारी आतङ्कवाद विरोधी अभियानहरूलाी तीव्रता दिनुपर्छ: उपराज्यपाल


श्रीनगर, 01 अगस्त (हि.स.) उपराज्यपाल मनोज सिन्हाले शनिवार सुरक्षा व्यवस्थाको समीक्षा गर्नका लागि एक उच्च-स्तरीय बैठक गरे। बैठकमा उनले सुरक्षा एजेन्सीहरूलाई सठीक तथा प्रभावकारी आतङ्कवाद विरोधी अभियानहरू सञ्चालन गर्ने निर्देश दिए। बैठकमा मुख्य सचिव अटल डुल्लू, डीजीपी नलिन प्रभात, गृह विभागीय प्रधान सचिव चन्द्रकर भारती, पीएचक्यू विशेष डीजी (समन्वय) एसजेएम गिलानी , एडीजीपी (सीआईडी) नीतीश कुमार, कमिश्नर/सचिव एम राजू, आईजीपी, मण्डलायुक्त कमिश्नर, एसएसपी, डिप्टी कमिश्नर औ अन्य वरिष्ठ अधिकारीगण उपस्थित थिए।

उनले सबै डिप्टी कमिश्नर औ एसएसपीलाई निर्देश दिए, उनीहरूले जम्मू-कश्मीरदेखि बाहिरबाट आएका श्रमिकहरूको सुरक्षा गर्नको लागि बनाइएको स्ट्याण्डर्ड अपरेटिङ्ग प्रोसिजरको व्यापक समीक्षा गरून्। उनले यो पनि निर्देश दिए, नियोक्ता (काममा राख्नेहरू)-हरूले यो सुनिश्चित गरून् कि अन्य राज्य अनि केन्द्रशासित प्रदेशहरूबाट आएका सबै श्रमिकहरूलाई बीमाको सुविधा पाउन् अनि उनीहरूको जानकारी स्थानीय पुलिस तथा जिल्ला प्रशासन समक्ष दर्ता होस्।

उनले भने, हामीले आतङ्कवादीहरूलाई जरैबाट निमिट्यान्न पार्नका लागि सठीक अनि प्रबावकारी आतङ्कवाद विरोधी अभियानहरूला तीव्रता दिनुपर्छ। उनले अधिकारीहरूलाई निर्देश दिए, उनीहरूले कुलगाम आतङ्कवादी हमलाका पीड़ितहरूको सम्मानजनक अन्तिम संस्कार सुनिश्चित गरून् अनि पीड़ित परिवारहरूलाई हरसम्बव मद्दत गरून्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande