
कोलकाता, 01 अगस्त (हि.स.)। पश्चिम बङ्गालका राज्यपाल आर. एन. रविले जनगणना- 2027 मा राज्यका सबै नागरिकहरूलाई सक्रिय रूपमा सहभागी बन्ने अपील गरेका छन्। उनले भने, जनगणना एक महत्वपूर्ण राष्ट्रिय कार्यक्रम हो जसबाट देशको जनसङ्ख्या अनि परिवारहरूसित सम्बन्धित आवश्यक जानकारी प्राप्त हुनेछ। यी आँकड़ाहरूको आधारमा श्रेष्ठ योजना निर्माण, प्रभावकारी प्रशासन, जनसेवाहरूमा सुधार औ जनकल्याणकारी योजनाहरूको लाभ समाजको हरेक वर्गसम्म पुग्नमा सहयोग पुग्नेछ।
राज्यपालले भने, यसपालि पहिलो पटक परिवारहरूलाई डिजिटल स्व-गणना (सेल्फ एन्यूमरेशन)- को सुविधा दिइएको छ। यसको माध्यमबाट मानिसहरूले आफै आफ्नो जानकारी अनलाइन दर्ता गराउन सक्नेछन् जसबाट जनगणनाको प्रक्रिया अधिक सरल र सुविधाजनक हुनेछ।
उनले बताए, उनले स्वयं पनि आफ्नो डिजिटल स्व-गणना पूरा गरिसकेका छन्। उनले सबै नागरिकहरूसित आग्रह गरे, उनीहरूले se.census.gov.in पोर्टलमा गएर आफ्नो स्व-गणना पूरा गरून्, सही जानकारी दिउन् तथा आफ्नो स्व-गणना पहिचान सङ्ख्या सुरक्षित राखुन्। साथै निर्धारित समयमा घरमा आउने जनगणना कर्मीहरूलाई पूर्ण सहयोग दिने अपील पनि उनले गरे।
राज्यपालले भने, नागरिकहरूको सहभागिताबाट मानिसहरूको आवश्यकता अनुरूप श्रेष्ठ योजना बनाउन सकिन्छ जसबाट पश्चिम बङ्गाल सहित देशको समग्र विकासले गति पाउनेछ। उनले सबै नागरिकहरूसित यस राष्ट्रिय अभियानमा भाग लिएर वर्ष 2047-सम्म विकसित भारतको निर्माणमा योगदान दिने आह्वान गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा