
तामुलपुर (असम), 01 अगस्त (हि.स.)। जिल्ला प्रशासन औ बाक्सा वन प्रभागको संयुक्त तत्वावधानमा शनिवार तामुलपुरमा अमृत वृक्ष आन्दोलनको सफल आयोजन गरियो। आमाको नाममा एउटा रूख उप-विषयमाथि आयोजित कार्यक्रमको उद्देश्य वृक्षारोपणको माध्यमबाट पर्यावरण संरक्षण औ जनसहभागितालाई प्रेरित गर्नुथियो।
मुख्य अतिथि एवं स्थानीय विधायक तथा राज्यका क्याबिनेट मन्त्री बिश्वजीत दैमारीले भने, पर्यावरण संरक्षण वन विभागको मात्र जिम्मेवारी होइन, प्रत्येक नागरिक वृक्षारोपणसितै संरक्षणप्रति जिम्मेवार बन्नुपर्छ। उनले भने, प्रकृतिलाई सन्तुलित राख्नको लागि हामी सबै यस अभियानसित जोड़िनुपर्छ।
कार्यक्रममा विभिन्न विभागीय प्रतिनिधिहरूलाई औपचारिक रूपमा बिरूवा वितरण गरियो भने वन विभागको पक्षबाट लगभग 5,000 बिरूवा वितरण गरी जिल्लामा व्यापक स्तरमा वृक्षारोपण गर्ने आह्वान गरियो। यस अवसरमा जनप्रतिनिधि, प्रशासनिक अधिकारी, विद्यार्थी लगायत ठूलो सङ्ख्यामा स्थानीयहरू उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा