भित्ताबाट देवी-देवताहरूका तस्वीरहरूलाई हटाउने मागमा बजरङ्ग दलको विरोध प्रदर्शन
भित्ताबाट देवी-देवताहरूका तस्वीरहरूलाई हटाउने मागमा बजरङ्ग दलको विरोध प्रदर्शन


दुर्गापुर, 01 अगस्त (हि.स.)। दुर्गापुरको सिटी सेन्टर क्षेत्रमा भित्तातिर टाँसिएका हिन्दू देवी-देवताहरू अनि सिख गुरूहरूका तस्वीरहरूलाई लिएर शनिवार बजरङ्ग दलले विरोध प्रदर्शन गऱ्यो। सङ्गठनको आरोप छ, यी तस्वीरहरू रहेका स्थानहरूमा स्थानीय मानिसहरूको आवत-जावत भइरहन्थ्यो। पछिल्लो लामो समयदेखिकै यी तस्वीरहरूमा थुक्ने, पिसाब गर्ने तथा अन्य फोहोरहर फैलाइरहेको थियो जसबाट धार्मिक भावनामा आघात पुगेको थियो।

बजरङ्ग दलको भनाइ छ, यस मामिलाको जानकारी कैयौं पटक प्रशासन अनि पुलिसलाई दिइएको भए पनि स्थायी समाधान हुन सकेको छैन। यसको विरोधमा सङ्गठनका कार्यकर्ता अनि समर्थकहरूले सिटी सेन्टरमा भेला भएर प्रदर्शन गरे।

पछि पुलिसको अनुमति र उपस्थितिमा छिनो मार्तलले भित्तामा रहेका देवी-देवता एवं सिख गुरूहरूको तस्वीरहरूलाई एक-एक गर्दै हटाइयो। यस अवधि केही समयसम्म क्षेत्रको स्थिति तनाउपूर्ण भयो। तथापि पुलिसले नियन्त्रण गऱ्यो।

बजरङ्ग दलका शहर अध्यक्ष हरि शीलले दाबी गरे, यस सम्बन्दमा पहिला नै पुलिसलाई लिखित सिकायत दिइएको थियो। उनले भने, प्रशासनको अनुमतिमै तस्वीरहरूलाई हटाइएको हो। उनको भनाइ थियो, कुनै पनि धर्मका तस्वीरहरू यस्तो स्थानमा राख्नु हुँदैन जहाँ उनीहरूको अपमान हुने आशङ्का होस्। सङ्गठनले प्रशासनसित माग गरेको छ, भविष्यमा यस किसिमको स्थिति पुनः उत्पन्न हुन नदिइहोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande