ईडु छिरिङ भोटियालाई सीएपी प्रवक्ता नियुक्त
Edu Tshering bhutia


गान्तोक, 01 अगस्त (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले ईडु छिरिङ भोटियालाई पार्टीको प्रवक्ता पदमा नियुक्त गरेको छ। सीएपीले आज जारी प्रेस विज्ञप्तिमा उक्त जानकारी दिएको छ।

पार्टीका अनुसार, ईडु छिरिङ भोटियाको नियुक्तिले सार्वजनिक सञ्चारलाई अझ सुदृढ़ बनाउने तथा पारदर्शी, जवाफदेही र नागरिक-केन्द्रित सुशासनप्रतिको पार्टीको प्रतिबद्धतालाई थप मजबुत बनाउनेछ।

भोटियाले पार्टीका नीति, सिद्धान्त र आकांक्षाहरूलाई प्रभावकारी रूपमा जनसमक्ष प्रस्तुत गर्नुका साथै सिक्किमका जनतासँग पार्टीको सम्बन्ध र संवादलाई अझ सशक्त बनाउने सीएपीले विश्वास व्यक्त गरेको छ। पार्टीले प्रवक्ता भोटियालाई नयाँ जिम्मेवारीका लागि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande