
खरसाङ, 01 अगस्त (हि.स.)। हामीले राजनीति मात्र होइन, तर खरसाङको विकास र खरसाङलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा सबैजना मिलेर काम गर्नुपर्छ। उक्त कुरा खरसाङका विधायक सोनाम लामाले भनेका हुन्।
उनले खरसाङ नगरपालिकामा सम्पन्न एक कार्यक्रममा खरसाङ बजारको विकास र खरसाङलाई व्यवस्थित बनाउने विषयमा आफ्नो वक्तव्य राख्दै भने, खरसाङलाई पार्किङदेखि लिएर सबै कुरामा व्यवस्थित बनाउनुपर्छ। हामी राजनीतिक रुपमा मात्र होइन, तर सबैलाई समेटेर काम गर्न चाहन्छौं।
खरसाङ बजारको विकाससितै कर संकलनपट्टि पनि ध्यान दिनुपर्छ। किनभने कर संकलन भएन भने सरकार कसरी चल्छ।
उनले भने, नगरपालिकाले जनताको हितमा काम गर्दै कर संकलनमा पनि ध्यान दिनु आवश्यक छ। विधायक लामाले पर्यटन विषयमा बोल्दै खरसाङमा पर्यटनको प्रशस्त सम्भावना छ र यसमाथि काम गर्न जरुरी रहेको बताए।
उनले खरसाङमा स्टेडियम निर्माणको विषयमा बोल्दै भने, खरसाङमा स्टेडियम निर्माण आवश्यक छ। खरसाङमा राम्रो र पुरानो खेलकूद संस्थाहरु पनि छन्, जसले यसतर्फ ध्यान दिएर काम गरिरहेका छन्। खरसाङमा स्टेडियम निर्माणको समस्या पनि समाधान हुनेछ।'
उनले अघि भने, पछिल्लो सरकारले केही जाँच नगरी सबैलाई लक्ष्मी भण्डारमा पैसा दिँदै थियो, तर नयाँ सरकारले जाँच गरेर सठीक व्यक्तिलाई मात्र पैसा दिने कार्य गरिरहेको छ।' उनले राशनमा आँटा नदिएको विषयमा बोल्दै भने, राशनमा सबैले आँटा दिनु भन्दैछ तर आँटामा एकदमै नराम्रो र खान लायकको नभएकिले गहूँ दिएको बताए। यसको लागि अब गाउँ गाउँमा स्वनिर्भर दलहरुलाई गहुँ पिसाउने मशीन दिइने र सबैले गहुँ पिसाउन सक्नेछन् भनी बताए।
उनले भने, जनताको आशाधेरै छ र जनताले बेसी कम्प्लेन गरिरहेका छन्। हामी हरेक समस्याको समाधान गर्न तत्पर छौं। खरसाङको विकास र खरसाङलाई व्यवस्थित बनाउन काम गर्न तयार छौं।
---------------
हिन्दुस्थान समाचार / हनोक