बेरोजगार युवाहरुका लागि कम्प्युटर सेन्टरको उद्घाटन
Computer training


खरसाङ, 01 अगस्त (हि.स.)। खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनद्वारा आफ्नो क्षेत्रका बेरोजगार युवाहरु, स्वनिर्भर दलहरु, स्कूल ड्रप आउट र आर्थिक स्थिति कमजोर भएका युवाहरुलाई कम्युटरको ज्ञान प्रदान गर्न घैयाबारीमा कम्प्युटर कोचिङ सेन्टरको उद्घाटन गरिएको छ। उक्त कम्प्युटर सेन्टरमा युवाहरुलाई कम्प्युटरको शिक्षा प्रदान गरिने भएको छ।

यस सेन्टरमा घैयाबारी क्षेत्रका 21 जना युवाहरुलाई 6 महिनाको कम्प्युटर कोर्स गराइने छ।

पञ्चायत उप प्रधान महेश छेत्रीले कम्प्युटर कोर्स गराउने उद्देश्यबारे बताउँदै भने, अहिले सबै काम कम्प्युटर अनि इन्टरनेटको भरमा हुन्छ। युवाहरुले कम्प्युटर सिकेर सबैले आफ्नै क्याफे चलाएर पनि जिविका चलाउनु सक्ने सम्भावना प्रशस्त रहेको छ। सबैले राम्ररी सिकेर ग्राम पञ्चायतको उद्देश्य पूरा गर्छ भन्ने उनले विश्वास व्यक्त गरे।

यस अवसरमा पञ्चायत सचिवले 1 अगस्तदेखि पश्चिम बंगालमा शुरु भएको जनगणनामा इन्युमरेशन फारम भर्ने विषयमा पनि विस्तृत जानकारी गराएका थिए।यस कम्प्युटर सेन्टरका प्रशिक्षक बिक्रम थापाले कम्प्युटरको कोर्स विषयमा जानकारी दिएका थिए।कार्यक्रममा ग्राम पञ्चायत प्रधान मिठु लामा राईले उपस्थित 21 जना विद्यार्थीहरूलाई सुभकामना दिएकी छन्। यस कार्यक्रममा ग्राम पञ्चायत सदस्या अरुणा योञ्जन, सुनिता खाती, चन्दना तामाङ लगायत ग्राम सहायक पार्थसिंह कर्मचारीहरु धिराज शंकर, सलिम खाती साथै अन्यहरु उपस्थित रहेका थिए।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande