
खरसाङ, 01 अगस्त (हि.स.)। पश्चिम बंगालमा शनिवार 1 अगस्तदेखि शुरु भएको जनगणनालाई लिएर खरसाङ नगरपालिकाको पहलमा आज एक सचेतना कार्यक्रम नगरपालिकामा सम्पन्न भयो। कार्यक्रममा खरसाङका विधायक सोनाम लामा, खरसाङ महकुमा शासक एवं खरसाङ नगरपालिकाको प्रशासक आईएएस प्रिया यादव, खरसाङ नगरपालिकाका अधिकारीहरु र खरसाङ क्षेत्रका वरिष्ठ व्यक्तिहरु उपस्थित रहेका थिए।
यस कार्यक्रममा जनसाधारणले कसरी सेल्फ एन्युमरेशन अर्थात् स्व गणना प्रक्रियामा भाग लिन सक्नेछन् भन्ने विषयमा जानकारी गराइयो। यस क्रममा खरसाङका विधायक सोनाम लामा, महकुमा शासक एंव खरसाङ नगरपालिकाको प्रशासक आईएएस प्रिया यादव, खरसाङ नगरपालिकाको तर्फबाट गोबिन अधिकारी र खरसाङकि जनताको तर्फबाट वरिष्ठ नागरिक एवं खरसाङ नगरपालिकाको पूर्व चेयरम्यान पीसी अग्रवाल आदिले वक्तव्य राखेका थिए।
कार्यक्रममा विधायक सोनाम लामाले यो जनगणनाले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा विकसित भारत 2047 विषयमा कार्य गर्नलाई सजिलो हुने र यसले मानिसहरूको वर्ग छुट्टिने बताए। उनले यो जनगणना महत्वपूर्ण भएकाले यस विषयमा सचेतना आवश्यक रहेको र यसमाथि सबैले काम गर्न आवश्यक रहेको बताए।
महकुमा शासक एवं खरसाङ नगरपालिकाकी प्रशासक आईएएस प्रिया यादवले पनि जनगणना विषयमा सबैमा जागरुकता हुन आवश्यक रहेको बताउँदै यसमा सबैले साथ र सहयोग गर्नु पर्ने कुरामा जोड दिइन्। कार्यक्रममा वरिष्ठ नागरिक एवं पूर्व नगरपालिका चेयरम्यान पीसी अग्रवालले आफ्नो तर्फबाट सल्लाह र सुझाउहरु राखे। साथै, खरसाङ नगरपालिकाको तर्फबाट गोबिन अधिकारीले खरसाङका विधायक सोनाम लामा समक्ष खरसाङलाई व्यवस्थित बनाउन हेतु विभिन्न सुझाउहरु राखेका थिए।
खरसाङ नगरपालिकाको फाइनेन्स अफिसर एवं यस जनगणनाको इन्चार्ज नोर्देन लामाले प्रथममा जनसाधारणले se. census.gov. in मा गएर लग इन गर्नु पर्ने र फारम भर्ने काम गर्नु पर्ने बताए। उनले यसमा 1 देखि 34 वटा प्रश्नहरुको उत्तर लेख्नु पर्ने र आफ्नो फोनमा आएको 11 वटा संख्या भएको कोर्ड सुरक्षित राख्न पर्ने बताए। उनले यस पहिलो चरण 1 देखि 15 अगस्तसम्म चल्नेछ, जसमा जनसाधारणले आफै वेबसाइटमा गएर सेल्फ एन्युमरेशन अर्थात् स्व गणना प्रक्रियामा भाग लिन सक्नेछन् र 16 अगस्तदेखि कर्मचारीहरु घर घर आउने जानकारी गराए।
हिन्दुस्थान समाचार / हनोक