गुड़िरहेको बसभित्रै अस्वस्थ भएर चालकको मृत्यु
गुड़िरहेको बसभित्रै अस्वस्थ भएर चालकको मृत्यु


मेदिनीपुर, 01 अगस्त (हि.स.)। पश्चिम मिदनापुर जिल्लाको चन्द्रकोणास्थित कालिकापुर क्षेत्रमा शनिवार गुड़िरहेको बस चालकको अचानक स्वास्थ्य बिग्रिएर बसभित्रै मृत्यु भयो। चालक अचेत भएपछि बस सड़क किनारको एउटा दुई तले भवनको भित्तासित ठोक्कियो। तथापि बस सवार यात्रीहरू सुरक्षित छन्।

जानकारी अनुसार बस लगभग 25 जना यात्रीहरूलाई लिएर चन्द्रकोणा तर्फ गइरहेको थियो। बाटोमा चालकलाई अचानक हृदयाघात भएको आशङ्का व्यक्त गरिएको छ जसले गर्दा वाहन अनियन्त्रित भएर सड़क किनारको घरसित ठोक्कियो। यात्रीहरूले तुरून्तै चालकलाई बाहिर निकालेर चन्द्रकोणा अस्पतालमा पुऱ्याए जहाँं चिकित्सकहरूले जाँचपछि तिनलाई मृत घोषित गरिदिए।

मृत चालकको पहिचान सैफुल खान (40)- को रूपमा भएको छ। घटनापछि क्षेत्रमा शोक फैलिएको छ। पुलिस मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande