
गुवाहाटी, 01 अगस्त (हि.स.)। असम सरकारले आफ्नो प्रमुख जनकल्याणकारी योजना अरुणोदय अन्तर्गत लाभार्थी महिलाहरूलाई आपातकालीन परिस्थितिमा 10 हजार रुपियाँसम्मको अग्रिम वित्तीय सहायता उपलब्ध गराउने तयारी गरिरहेको छ। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार अरुणोदय 3 लञ्चिङ्ग कार्यक्रममा सामेल भएपछि पत्रकारहरूसित बातचित गरिरहेका थिए।
मुख्यमन्त्रीले भने, प्रस्तावित व्यवस्था अन्तर्गत आवश्यकतामारहेका लाभार्थीहरूलाई तत्काल अग्रिम राशि दिइनेछ जसको असुली पछि अरूणोदय योजना अन्तर्गत पाउने मासिक सहायता रासिबाट स-सानो किस्तामा गरिनेछ।
उनले बताए, वर्तमानमा राज्यका लगभग 37 लाख महिलाहरू अरुणोदय योजनाबाट लाभान्वित भइरहेका छन्। मुख्यमन्त्रीले भने, यो योजना राज्य सरकारको सबैभन्दा महत्वपूर्ण कल्याणकारी योजनाहरूमध्ये एक हो।
मुख्यमन्त्री सरमाले बताए, योजनामा पारदर्शिता सुनिश्चित गर्नका लागि लाभार्थीहरूको ब्याङ्क खातालाई आधारसित जोड़िँदैछ। यस प्रक्रियाको कारणले लगभग 17 हजार लाभार्थीहरूको भुक्तानमा अस्थायी विलम्ब हुनसक्छ, तर सरकारले चाँड़ै यो समस्याको समाधान गरेर समयमा राशि उपलब्ध गराउनेछ।
उल्लेखनीय छ, यसबीच मुख्यमन्त्रीले बाढ़ी प्रभावित अरुणोदय लाभार्थीहरूलाई अतिरिक्त 2,500 रुपियाँ सहयोग दिने घोषणा गरिसकेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा