पश्चिम बङ्गालका सरकारी स्कूलहरूमा इस्कन मिड-डे मील, मुख्यमन्त्री शुभेन्दु अधिकारीले गरे मेगा किचनको उद्घाटन
पश्चिम बङ्गालका सरकारी स्कूलहरूमा इस्कन मिड-डे मील, मुख्यमन्त्री शुभेन्दु अधिकारीले गरे मेगा किचनको उद्घाटन


कोलकाता, 01 अगस्त (हि.स.)। पश्चिम बङ्गालका सरकारी स्कूलहरूका विद्यार्थीहरूलाई शनिवारदेखि इस्कनको माध्यमबाट मिड-डे मील उपलब्ध गराइँदैछ। पूर्व घोषित कार्यक्रम अनुसार मुख्यमन्त्री शुभेन्दु अधिकारीले इस्कनको पायलट परियोजना अन्तर्गत स्थापित मेगा किचनको उद्घाटन गरे।

उद्घाटनपूर्व मुख्यमन्त्रीले इस्कन परिसरमा आयोजित यज्ञमा भाग लिए। त्यसपछि उनले मेगा किचनको निरीक्षण गरे अनि स्वयं मिड-डे-मिल बनाइरहेको पनि देखियो। यस अवसरमा मुख्य सचिव मनोज अग्रवाल औ स्कूल शिक्षा मन्त्री दीपक बर्मन पनि उपस्थित थिए। दुवैले भान्साको सम्पूर्ण व्यवस्थाको जायजा लिए।

उद्घाटन समारोहमा प्रतीकात्मक रूपमा पाँच वटा सरकारी स्कूलहरूूका 40 जना विद्यार्थीहरू सामेल भए। मेगा किचनको शुभारम्भसितै मिड-डे मील पुऱ्याउने इलेक्ट्रिक वाहनहरूलाई पनि मुख्यमन्त्रीले हरियो झण्डा देखाएर प्रस्थान गराए।

मुख्यमन्त्री शुभेन्दु अधिकारीले भने, इस्कनको अन्नामृत फाउण्डेशनको माध्यमबाट मिड-डे मीलको आपूर्ति व्यवस्था शुरू भएको छ। उनले इस्कनका सबै पदाधिकारी, प्रचारक एवं सहयोगीहरूप्रति आभार व्यक्त गर्दै भने, यो संस्था स्वच्छ एवं सुव्यवस्थित ढङ्गमा राज्य सरकारसित जोड़िएको छ।

उनले भने, विद्यार्थीहरूलाई स्कूल तर्फ आकर्षित गर्ने अनि उनीहरूको समग्र विकास गर्ने उद्देश्यले मिड-डे-मिल योजनाको परिकल्पना भारत रत्न पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीले गरेका थिए। मुख्यमन्त्रीले भने, अहिले प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा केही संस्थाहरू यस अभियानसित जोड़िएका छन् जसको सहयोगले बाल-बालिकाहरूसम्म पौष्टिक र सन्तुलित भोजन पुऱ्याइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande