भारतीय थल सेना प्रमुख जनरल धीरज सेठ आजदेखि पाँचदिने नेपाल भ्रमणमा
भारतीय थल सेनाध्यक्ष जनरल धीरज सेठ


काठमाडौं, १६ अगस्त (हि.स.)। भारतीय थल सेना प्रमुख जनरल धीरज सेठको पाँचदिने नेपाल भ्रमण आजदेखि शुरु हुँदैछ। उनी नयाँ दिल्लीबाट भारतीय सेनाको विशेष विमानमार्फत आज साँझ करिब ४ बजी काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेपछि नेपाल भ्रमणमा आउने जनरल सेठ भारतका हालसम्मकै सबैभन्दा वरिष्ठ सैन्य अधिकारी हुन्। उनको भ्रमणलाई नेपाल-भारत सैन्य सम्बन्धका दृष्टिले महत्वपूर्ण मानिएको छ। भ्रमणका क्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाह, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललगायत उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन्। प्रधानमन्त्री शाहसँग रक्षा मन्त्रालयको जिम्मेवारीसमेत रहेको छ।

गत ३० जून, २०२६ मा भारतीय स्थलसेना प्रमुखको जिम्मेवारी सम्हालेका जनरल सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथी (मानार्थ सेना प्रमुख) को उपाधि प्रदान गर्नेछन्।

भारत र नेपालबीच एक-अर्काका सेना प्रमुखलाई मानार्थ सेना प्रमुखको उपाधि प्रदान गर्ने परम्परा करिब सात दशक पुरानो छ। नेपाली सेनाको मुख्यालय जंगी अड्डाका अनुसार, यो परम्परा सन् १९५० देखि निरन्तर चल्दै आएको छ।

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भारतीय सेनाको मानार्थ महारथी उपाधि प्राप्त गरिसकेका छन्। २०२४ मा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई उक्त उपाधि प्रदान गरेकी थिइन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande