‘बंटवारा 1947’ को बक्स अफिसमा गति सुस्त
सनी देओल - फोटो सोर्स एक्स


सनी देओलको बहुप्रतीक्षित फिल्म ‘बंटवारा 1947’ सिनेमाघरमा रिलिज भइसके पनि बक्स अफिसमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको देखिँदैन। सनी देओलको प्रभावशाली अभिनय र राजकुमार सन्तोषीको निर्देशनका बावजुद फिल्मले दर्शकलाई सिनेमाघरसम्म आकर्षित गर्न संघर्ष गरिरहेको छ।

विशेष कुरा के छ भने यसै वर्षको शुरुवातमा रिलिज भएको सनी देओलको फिल्म ‘बोर्डर २’ ले पहिलो दिनमै ३२ करोड़ रुपियाँ कारोबार गरेको थियो। तर ‘बंटवारा १९४७’ को पहिलो सप्ताहन्तको कुल कमाइसमेत उक्त आँकडाको नजिक पुग्न सकेन।

सैकनिल्कको प्रारम्भिक तथ्यांकअनुसार, फिल्मले पहिलो दिन ५.७५ करोड़ रुपियाँ कमाउँदै निकै सुस्त शुरुवात गरेको थियो। यद्यपि दोस्रो दिन कमाइमा केही सुधार हुँदै फिल्मले १३.५० करोड़ रुपियाँ संकलन गर्‍यो, जसले निर्मातालाई केही राहत दिएको थियो। तर आइतबार तेस्रो दिन कमाई पुनः घटेर करिब ७.२५ करोड़ रुपियाँमा सीमित भयो।

यससँगै तीन दिनमा फिल्मको घरेलु नेट कलेक्सन २६.५० करोड़ रुपियाँ पुगेको छ भने विश्वव्यापी कमाई करिब ३७.११ करोड़ रुपियाँ रहेको बताइएको छ।

करिब १२० करोड़ रुपियाँको बजेटमा निर्माण भएको यस फिल्मका प्रारम्भिक कमाईका आँकडा चिन्ताजनक देखिएका छन्। सनी देओलका एकल मुख्य भूमिकाका फिल्महरूको तुलनामा पनि ‘बंटवारा १९४७’ को शुरुवात कमजोर रहेको देखिएको छ। सन् २०१८ मा रिलिज भएको ‘भैयाजी सुपरहिट’ ले करिब १ करोड़ रुपियाँको ओपनिङ गरेको थियो। त्यसपछि ‘बंटवारा १९४७’ उनको पछिल्ला एकल फिल्महरूमध्ये कमजोर शुरुवात गर्ने फिल्ममा परेको छ।

फिल्मको निर्देशन सनी देओलसँग ‘घायल’, ‘दामिनी’ र ‘घातक’ जस्ता सफल फिल्ममा काम गरिसकेका राजकुमार सन्तोषीले गरेका छन्। फिल्ममा प्रीति जिन्टा, शबाना आजमी, अली फजल, करण देओल र अभिमन्यु सिंहले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande