
राँची, 19 अगस्त (हि.स.)। झारखण्डमा विद्यार्थीहरूको आन्दोलनलाई मध्यनजर गर्दै 17 अगस्तमा मुख्यमन्त्री हेमन्त सोरेनको अध्यक्षतामा बसेको विशेष मन्त्रिपरिषद् बैठकमा गरिएका निर्णयहरू सम्बन्धी अधिसूचना मङ्गलवार अबेर राति जारी गरियो। सरकारको निर्णयले कूल 45 वटा प्रतिस्पर्धात्मक परीक्षा र त्यसको नतिजामा प्रत्यक्ष असर पर्नेछ।
मन्त्रिपरिषद्ले 22 वटा प्रतिस्पर्धात्मक परीक्षा रद्द गर्ने निर्णय गरेको छ। यसमा बाल विकास परियोजना अधिकारी (सिडिपिओ) र झारखण्ड कर्मचारी चयन आयोग (जेएसएससी) को सिजिएल परीक्षाहरू सामेल छन्। छह परीक्षाहरूलाई स्थगित गरिएको छ र यी परीक्षाहरूको जाँच सीआईडीलाई सुम्पिएको छ। यस बाहेक 17 अन्य परीक्षाहरूको पनि सीआइडीले जाँच गराउने निर्णय लिइएको छ। यसरी कूल 23 वटा परीक्षा सीआइडी अनुसन्धानको दायरामा हुनेछन्।
सरकारले यस सम्बन्धमा कूल 8 वटा अधिसूचना जारी गरेको छ। यसमा टीडीपीएल एजेन्सीद्वारा सञ्चालित विभिन्न परीक्षाहरू रद्द गर्नु समावेश छ। सरकारले शुरुमा टीडीपीएल बाहेक अन्य एजेन्सी मार्फत प्रशोधन गरिएका परीक्षाको नतिजा रद्द गर्ने निर्णय पनि गरेको छ।
अधिसूचना नम्बर 5402 अन्तर्गत रद्द गरिएका परीक्षाहरूः
झारखण्डका विश्वविद्यालयहरूमा गैर-शिक्षण पदहरूमा भर्ती (09/2025)
सहायक निदेशक/वरिष्ठ वैज्ञानिक अधिकारी (ब्याकलग) भर्ती (10/2025)
सहायक निदेशक/वरिष्ठ वैज्ञानिक अधिकारी (नियमित) भर्ती (11/2025)
औषधि निरीक्षकहरूको भर्ती (12/2025)
राजकीय इन्जिनियरिङ कलेजहरूमा सहायक प्राध्यापक (ब्याकलग) को भर्ती (02/2026)
राजकीय पोलिटेक्निक र महिला पोलिटेक्निकमा लेक्चरर (ब्याकलग) भर्ती (03/2026)
राजकीय पोलिटेक्निक र महिला पोलिटेक्निकमा लेक्चरर (नियमित) को भर्ती (04/26)
मेडिकल कलेजहरूको सुपर विशेषज्ञ विभागहरूमा सहायक प्राध्यापकहरूको भर्ती (07/2026)
अधिसूचना नम्बर 5403 अन्तर्गत रद्द गरिएका परीक्षाहरूः
सिभिल जज (जुनियर डिभिजन) भर्ती (22/2023)
सहायक वन संरक्षक भर्ती (03/2024)
वन क्षेत्र अधिकारी भर्ती (04/2424)
सहायक लोक अभियोजक (एपीपी) बैकलग भर्ती (05/2025)
सहायक लोक अभियोजक (एपीपी) नियमित भर्ती (06/2025)
झारखण्ड संयुक्त असैनिक सेवा परीक्षा-2025 (1/2026)
झारखण्ड संयुक्त असैनिक सेवा परीक्षा (ब्याकलग)-2025 (05/2026)
झारखण्ड संयुक्त असैनिक सेवा परीक्षा (ब्याकलग)-2023 (06/2026)
अधिसूचना नम्बर 5404 अन्तर्गत रद्द गरिएका परीक्षाहरूः
खाद्य सुरक्षा अधिकारी भर्ती (18/2023)
बाल विकास परियोजना पदाधिकारी भर्ती (21/2023)
संयुक्त असैनिक सेवा परीक्षा-2023 (1/1,2024)
यस बाहेक जेएसएससीद्वारा सञ्चालित सीजीएल परीक्षा पनि रद्द गरिएको छ। अधिसूचनामा भनिएको छ कि सीजीएल परीक्षामा अनियमितता भएको गुनासो र जेपीएससीमा भएको कथित अनियमितताको सीआइडी जाँचमा गठित एसआइटीको अनुसन्धानका क्रममा सरकारको ध्यानमा ल्याइएको तथ्यको आधारमा यो निर्णय गरिएको हो।
सरकारले जेपीएससी र जेएसएससी परीक्षामा अनियमितता सम्बन्धी मुद्दाहरूको सुनुवाइका लागि फास्ट ट्र्याक अदालत स्थापना गर्ने निर्णय पनि गरेको छ। यसका लागि झारखण्ड उच्च अदालतमा अनुरोध गरिनेछ।
दुवै आयोगहरूमा आन्तरिक अनुगमन कक्षहरू स्थापना गरिनेछ। साथै भारतीय प्रशासनिक सेना (आइएएस) का अधिकारी अमिताभ कौशलको अध्यक्षतामा आयोग सुधारका लागि समिति गठन गर्ने निर्णय गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी