
नयाँ दिल्ली, 20 अगस्त (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले काङ्ग्रेस कार्यसमितिको पूर्ण गानको सट्टा 'वन्दे मातरम' का दुई वटा पद मात्र गाउने निर्णयमाथि कड़ा प्रतिक्रिया दिएका छन्। यसलाई राष्ट्रविरोधी कदम भन्दै उनले काङ्ग्रेस फेरि एक पटक तुष्टीकरण र भोट ब्याङ्कको राजनीतिमा फर्किरहेको आरोप लगाए।
अमित शाहले भने कि सन् 1937 मा काङ्ग्रेसले तुष्टीकरणका लागि 'वन्दे मातरम' लाई दुई भागमा विभाजन गर्ने निर्णय गरेको थियो। उनी अनुसार, यस्तै राजनीतिले दुई राष्ट्रको सिद्धान्तलाई बलियो बनायो र देशको विभाजन भयो।
'वन्दे मातरम' को 150औं वर्षगाँठको अवसरमा मोदी सरकारले यो ऐतिहासिक गल्तीलाई सुधारेको र पूर्ण सङ्गीतलाई वैधानिकता दिएको उनले बताए। शाहले राहुल गान्धीको नेतृत्वमा काङ्ग्रेसले भोट ब्याङ्कको राजनीतिको लागि फेरि एकपटक तुष्टीकरणको त्यही बाटो पछ्याइरहेको आरोप लगाए।
अमित शाहले काङ्ग्रेसको निर्णयलाई संसदले बनाएको कानूनको घोर अवहेलना भएको बताए। उनले काङ्ग्रेसको कथित तुष्टीकरणको राजनीति विरुद्ध एकजुट भएर आवाज उठाउन देशवासीलाई अपील गरे। उनले 'वन्दे मातरम' मा भएको गल्तीको परिणाम देशले भोग्नुपरेको र यस्तो गल्ती दोहोऱ्याउनु नहुने बताए।
हिन्दुस्थान समाचार / भवानी थामी