
नयाँ दिल्ली, 20 अगस्त (हि.स.)। काङ्ग्रेसका पूर्व अध्यक्ष तथा लोकसभामा विपक्षका नेता राहुल गान्धीले आफ्ना पिता एवं पूर्व प्रधानमन्त्री राजीव गान्धीको 82औं जयन्तीमा नोभेम्बरमा आफ्नी आमा सोनिया गान्धीको आउन लागेको आत्मकथाको तस्विर साझा गर्दै सोनियालाई सङ्घर्षको प्रतीक बताए।
राहुल गान्धीले सोशल मीडिया प्लेटफर्म एक्समा भनेका छन्, 'बाबाको मृत्युपछि मैले तपाईलाई साहस र गरिमाका साथ हरेक कठिनाइको सामना गरेको देखे। प्रियङ्का र मलाई मात्र थाहा छ तपाईको जीवन कति कठिन रहृयो। मलाई गर्व छ कि तपाईको कथा अब लाखौंले पढ्न पाउने छन्। '
राहुलले भने, आफ्नो निजी जीवन मन पराउने सोनिया गान्धी जस्ता व्यक्तित्वका लागि आफ्नो सम्पूर्ण कथा संसारको अगाड़ी राख्नु अत्यन्त गाह्रो भएको हुनुपर्छ। आज, बाबाको जयन्तीमा म उनलाई मुस्कुराउँदै गरेको देख्न सक्छु, जसले आफ्नी सुन्दर सोनियामाथि गर्व गरिरहेका छन्।
उल्लेखनीय छ, सोनिया गान्धीको आत्मकथा बिलन्गिङः अ जर्नी अफ लभ यस वर्षको 10 नोभेम्बरमा सार्वजनिक हुने भएको छ। यो पुस्तक 544 पृष्ठ लामो छ र सोनिया गान्धीको इटालीबाट भारतसम्मको व्यक्तिगत र राजनीतिक यात्रालाई विस्तृत रूपमा वर्णन गर्दछ।
हिन्दुस्थान समाचार / भवानी थामी