एचडीएफसी ब्याङ्कले विदेशी बन्डबाट १.७५ अरब अमेरिकी डलर जुटायो
एचडीएफसी बैंक के लोगो का प्रतीकात्मक चित्र


नयाँ दिल्ली, २१ अगस्त (हि.स.)। देशकै तथा निजी क्षेत्रको सबैभन्दा ठूलो ब्याङ्क एचडीएफसीले कारोबार विस्तारका लागि विदेशी बन्ड जारी गरेर १.७५ अरभ अमेरिकी डलर जुटाएको छ।

एचडीएफसी ब्याङ्कले शुक्रबार शेयर बजारलाई दिएको नियामकीय फाइलिङमा गिफ्ट सिटी शाखामार्फत १.७५ अरब अमेरिकी डलरको ‘सिनियर अनसिक्योर्ड बन्ड’ जारी गरिएको जानकारी दिएको हो।

ब्याङ्कका अनुसार, तीन वर्षमा परिपक्व हुने ५० करोड़ अमेरिकी डलर बराबरको बन्ड ५.१५९ प्रतिशत कुपन दरमा जारी गरिएको छ। त्यस्तै, बाँकी १.२५ अरब अमेरिकी डलर बराबरको पाँच वर्षमा परिपक्व हुने बन्डमा कुपन दर ५.४ प्रतिशत रहेको छ।

एचडीएफसी ब्याङ्कले यी बन्डहरू इन्डिया आईएनएक्स (इन्डिया इन्टरनेसनल एक्सचेन्ज (आईएफएससी) लिमिटेड) र एनएसई इन्टरनेसनल एक्सचेन्ज (एनएसई-आईएक्स) मा सूचीबद्ध गरिने जनाएको छ।

विदेशी बन्ड ऋण जुटाउने एउटा माध्यम हो, जसलाई कुनै कम्पनीले अर्को देशको बजारबाट रकम जुटाउन जारी गर्छ। यस्ता बन्ड सम्बन्धित देशको स्थानीय मुद्रा वा कुनै अन्तरराष्ट्रिय मुद्रामा जारी गर्न सकिन्छ। भारतीय लगानीकर्ताले उदारीकृत प्रेषण योजना (एलआरएस) अन्तर्गत विश्वव्यापी बजारमा लगानी गर्न सक्छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande