श्रीरामपुर चेक पोस्टमा 2,050 किलो गाँजा जफत, ट्रक चालक र सहचालक पक्राउ
श्रीरामपुर चेक पोस्टमा 2,050 किलो गाँजा जफत, ट्रक चालक र सहचालक पक्राउ


कोकराझार (असम), 24 अगस्त (हि.स.)। गोसाइ गाउँ महकुमाको असम-बङ्गाल सीमावर्ती श्रीरामपुर चेक पोस्टमा शिमुलटापु पुलिसले बितेको राती अभियान सञ्चालन गरी प्रचुर मात्रामा गाँजा जफत गऱ्यो। पुलिसले गाँजा तस्करीमा प्रयोग गरिएको एउटा ट्रकलाई जफत गरी चालक र सहचालकलाई पक्राउ गरेको छ।

पुलिस सूत्रले आज बताएको छ, एउटा ट्रक (यूपी-54बीटी-7674)- मा बाँसमुनि अत्यन्त चतुराईपूर्वक गाँजालाई लुकाएर लगिँदैथ्यो। जाँच गर्दा बाँसको मुनिबाट 203 प्याकेट गाँजा जफत गरियो जसको मोठ वजन लगभग 2,050 किलोग्राम रहेको बताइएको छ।

पक्रा पर्ने आरोपीहरूको पहिचान रामलक्षण राजभर र मनोज चौहानको रूपमा भएको छ। दुवै उत्तर प्रदेशको मऊ जिल्लास्थित भीरा निवासी रहेको बताइएको छ।

प्रारम्भिक जाँचबुझमा थाहा लागे अनुसार उक्त गाँजालाई तेजपुरदेखि बिहारको मुजफ्फरपुरमा लगिँदैथ्यो जसको अनुमानित बजार मूल्य करोड़ौं रुपियाँ रहेको बताइएको छ।

पुलिसले ट्रक र गाँजालाई जफत गरी मामिलाको जाँच शुरू गरेको छ। गाँजा तस्करीको नेटवर्कसित सम्बन्धित अन्य मानिसहरूको भूमिकाको बारेमा पनि पत्तो लगाउनको लागि पुलिसद्वारा जाँचबुझलाई जारी राखिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande