बङ्गालमा सुरक्षाको लागि 50 कम्पनी अतिरिक्त केन्द्रिय बल तैनाथ
बङ्गालमा सुरक्षाको लागि 50 कम्पनी अतिरिक्त केन्द्रिय बल तैनाथ


पश्चिम बर्दवान, 24 अगस्त (हि. स.)। पश्चिम बङ्गालमा कानून-व्यवस्थालाई सशक्त बनाउन अनि आगामी चाड़-पर्वहरूमा सुरक्षा व्यवस्थालाई पुख्ता बाउनको लागि केन्द्र सरकारले राज्यमा अतिरिक्त 50 कम्पनी केन्द्रिय अर्धसैनिक बल पठाएको छ। यसबाट राज्यमा केन्द्रि बलहरूको तैनाथी बढ़ेर 100 कम्पनी पुगेको छ।

प्रशासनिक सूत्र अनुसार गए आइतवार राती लगभग 8 बजे केन्द्रि बलको 6 कम्पनी आसनसोल रेलवे स्टेशनमा आइपुग्यो। यी जवानहरूलाई राज्यका विभिन्न संवेदनशील क्षेत्रहरूमा तैनाथ गरिनेछ।

भनिन्छ, चुनाउपछि राज्यमा कानून व्यवस्थालाई काम राख्नको लागि केन्द्रिय बलहरूका केही कम्पनीहरू पहिलाबाटै तैनाथ थिए। स्थिति सामान्य भएपछि लगभग सय कम्पनीलाई फिर्ता बोलाइएको थियो। अब फेरि चाड़-पर्वलाई मध्यनजर गर्दै अतिरिक्त 50 कम्पनी बललाई पठाइएको छ।

नयाँ तैनाथीमा बीएसएफ, सीआरपीएफ औ एसएसबीका जवानहरू सामेल छन् जसको मुख्य कार्य संवेदनशील क्षेत्रहरूमा गस्ती र रूच मार्च गर्नु, संदिग्ध गतिविधिहरूमाथि नजर राख्नु तथा स्थानीय पुलिससित समन्वय राखेर कुनै पनि प्राकरको अशान्तिलाई रोक्नु हुनेछ। आगामी दुर्गा पूजालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थालाई विशेष रूपमा मजबुत बनाइँदैछ।

अतिरिक्त केन्द्रिय बलहरूलाई तैनाथ गरिनाले संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्था मजबुत हुनको साथै सर्वसाधारण मानिसहरूमा पनि सुरक्षाप्रति भरोसा बढ़्ने आशा छ।

प्रशासनको भनाइ छ, केन्द्रिय बलहरूलाई तैनाथ गर्नुको उद्देश्य कानून-व्यवस्थालाई कायम राख्नु अनि चाड़-पर्वमा शान्तिपूर्ण माहोल सुनिश्चित गर्नु हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande