
कोलकाता, 24 अगस्त (हि.स.)। उत्तर 24 परगनाको बिराटीमा सोमवार बिहान यशोर रोड किनारमा अवस्थित कार सर्भिस सेन्टरमा आगो लागेर कोकोहोलो मचियो। जानकारी अनुसार बिहान लगभग साढ़े चार बजे सर्भिस सेन्ट्रमा अचानक आगो बलिरहेको देखियो। हेर्दा-हेर्दै आगोले सम्पूर्ण सर्भिस सेन्टरलाई आफ्नो चपेटमा लियो।
आगोको भयावहतालाई मध्यनजर गर्दै दमकल विभागलाई सूचना दिइयो। खबर पाउनसाथ दमकलका आठ वटा वाहनहरूले घटनास्थलमा पुगेर अभियान शुरू गरे। सर्भिस सेन्टरमा धेरै मात्रामा वाहन र ज्वलनशील पदार्थ भएको कारणले आगो द्रूत गतिमा फैलिएको आशङ्का व्यक्त गरिँदैछ। तथापि दमकलकर्मीहरूले आगोलाई नियन्त्रण गरिसकेका छन्। यस घटनामा कुनै पनि प्रकारको मानवीय क्षति भएको सूचना प्राप्त भएको छैन।
हाल आगलागीको कारण आधिकारिक रूपमा पुष्टि भएको छैन। प्रारम्भिक रूपमा शर्ट सर्किट सहित अन्य सम्भावित कारणहरूको जाँच गरिँदैछ। आगोले कति नोक्सान पुऱ्याएको छ र सर्भिस सेन्टरभित्र कति वटा वाहनहरू छन्, त्यसको मूल्याङ्कन भइरहेको छ।
बिराटीको घटना यस्तो समयमा भएको छ जतिबेला पश्चिम बङ्गालमा अहिलेघरि लगातार भइरहेका आगलागीका घटनाहरूले अग्नि सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। पछिल्लो साता कोलकाताको मिर्जा गालिब स्ट्रीटस्थित एक होटलमा भएको अग्निकाण्डमा नौ जना मानिसहरूको ज्यान गएको थियो। घटनापछि अग्नि सुरक्षा व्यवस्था र आपातकालीन निकासलाई लिएर प्रश्न उठेको थियो। यसअघि बीरभूमको तारापीठस्थित एउटा होटलमा आगो लागेर धेरै जनाको मृत्यु भएको थियो।
यस स्थितिमा फेरि बिराटीको सर्भिस सेन्टरमा भएको आगलागीले व्यवसायिक प्रतिष्ठानहरूमा अग्नि सुरक्षा उपायको स्थितिमाथि प्रश्न उठेको छ। हाल दमकलकर्मीहरू कुलिङ्गमा जुटेका छन्। यहाँ अग्नि सुरक्षा व्यवस्था थियो कि थिएन, त्यसको पनि जाँच हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा