
काठमाडौं, २५ अगस्त (हि.स.)। जय नेपाल पार्टीले नेपालमा गाई हत्या रोक्न तथा होटल र रेस्टुरेन्टहरूमा बीफ (गाईको मासु) को बिक्री-वितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाउन माग गर्दै अभियान शुरु गरेको छ।
पार्टीले गाई नेपालका राष्ट्रिय जनावर भएको स्मरण गराउँदै यसको सम्मान र संरक्षण गर्नु सबैको कर्तव्य रहेको जनाएको छ। पार्टी अध्यक्ष धवलशमशेर राणाले ‘गाई हत्या नगरौँ’ भन्ने मुख्य नारासहित शुरु गरिएको अभियानमार्फत होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूलाई बीफ बिक्री नगर्न विशेष आग्रह गरिएको जानकारी दिएका छन्।
उनका अनुसार, नेपालको धार्मिक, सांस्कृतिक तथा कानुनी मान्यताअनुसार राष्ट्रिय जनावरको संरक्षण गर्नु अनिवार्य छ। जय नेपाल पार्टीले गोवंशको सुरक्षाका लागि कडा कदम चाल्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएको छ।