‘राष्ट्रिय रक्षा बन्धन यात्रा २०२६’ टोलीद्वारा राज्यपालसँग शिष्टाचार भेट, नाथुला सीमामा सैनिकलाई राखी बाँध्ने
राज्यपाललाई राखी बांध्दै बालिकाहरू


गान्तोक, 27 अगस्त (हि.स.)। राजस्थानको शक्ति पीठ, जामडोली, जयपुरको तत्वावधानमा आयोजित ‘राष्ट्रिय रक्षा बन्धन यात्रा २०२६’ टोलीले आज सिक्किमको लोक भवनस्थित सम्मेलन कक्षमा राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेट गरेको छ। यस अवसरमा टोलीमा सहभागी बालिकाहरूले राज्यपालको हातमा रक्षा सूत्र बाँधेर यस वर्षको यात्राको शुभारम्भ गर्दै उनीबाट आशीर्वाद लिएका छन्।

संस्थाका पदाधिकारीहरूले राज्यपाललाई जानकारी गराएअनुसार, परम पूज्य गुरुदेव दीदीमाँ साध्वी ऋतम्भरा जीको मार्गदर्शन तथा पूज्य साध्वी समदर्शी गिरी दीदी जीको स्थापनामा सञ्चालित यो यात्रा २४ अगस्तदेखि १ सेप्टेम्बर, २०२६ सम्म सञ्चालन भइरहेको छ।

गत १४ वर्षदेखि सञ्चालन हुँदै आएको यस यात्रामा विभिन्न राज्यका ८ देखि २० वर्ष उमेर समूहका ५० जना बालिका सहभागी हुँदै आएका छन्। टोलीले भारत-पाकिस्तान तथा भारत-चीन सीमासम्म पुगेर त्यहाँ तैनाथ भारतीय सेनाका जवानलाई राखी बाँध्दै आएको छ।

टोलीका बालिकाहरूले भोलि भारत-चीन सीमामा अवस्थित नाथुला बोर्डरमा तैनाथ भारतीय सेनाका जवानहरूलाई रक्षा सूत्र बाँध्ने कार्यक्रम रहेको जनाइएको छ। रक्षाबन्धन पर्वका अवसरमा अन्तरराष्ट्रिय सीमा चौकीहरूमा तैनाथ वीर सैनिकहरूको हातमा राखी बाँधेर उनीहरूप्रति कृतज्ञता व्यक्त गर्नु यात्राको प्रमुख उद्देश्य रहेको संस्थाले जनाएको छ।

राज्यपाल ओम प्रकाश माथुरले यस पहलको प्रशंसा गर्दै यस्तो प्रयासले देशभरका छोरीहरूमा भावनात्मक राष्ट्रिय एकता, राष्ट्रभक्ति तथा सामाजिक समरसताको भावना अझ सुदृढ बनाउन सहयोग गर्ने बताए।

कार्यक्रममा उपस्थित छात्रा, शिक्षक तथा संस्थाका पदाधिकारीहरूले राज्यपालप्रति हार्दिक आभार व्यक्त गरे।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande