
कोलकाता, 27 अगस्त (हि.स.)। आपातकालीन स्थिति औ कानून-व्यवस्थासित सम्बन्धित ड्यूटी अवधि कनिष्ठ पुलिसकर्मीहरूमा कुनै पनि प्रकारको भ्रम नरहोस् भनेर कोलकाता पुलिसले नयाँ व्यवस्था शुरू गर्ने निर्णय लिएको छ। अब यस्तो ड्यूटीमा पठाउनअघि वरिष्ठ अधिकारीहरूले कनिष्ठ पुलिसकर्मीहरूलाई भिडियोको माध्यमबाट आवश्यक निर्देश दिनेछन्।
यस सम्बन्धमा कोलकाता पुलिस आयुक्त अजय के. नन्दाको कार्यालयबाट निर्देश जारी गरिएको छ। यसमा उपायुक्त र सहायक पुलिस आयुक्त स्तरका अधकारीहरूलाई भनिएको छ, उनीहरूलेन निरीक्षक, उपनिरीक्षक, सहायक उपनिरीक्षक, सार्जेन्ट र अन्य कनिष्ठ पुलिसकर्मीहरूलाई आपातकालीन वा कानून-व्यवस्था सम्बन्धी ड्यूटीमा पठाउनअघि भिडियोको माध्यमबाट आवश्यक निर्देश दिउन्।
अधिकारीहरूले यो भिडियो सम्बन्धित व्हाट्सएप समूहमा साझा गर्नुपर्छ। तथापि भिडियो दुई मिनटभन्दा अधिकको हुनु हुँदैन।
एकजना वरिष्ठ पुलिस अधिकारी अनुसार लामो भिडियोको करणले निर्देश स्पष्ट हुनको सट्टा पुलिसकर्मीहरूमा अझ भ्रम उत्पन्न हुनसक्छ। त्यसैले अधिकारीहरूले संक्षिप्त र स्पष्ट रूपमा आवश्यक कुरा गर्ने निर्देस दिइएको छ।
पुलिस अधिकारीले बताए, शहरमा जुलूस, विराट सभा वा विरोध प्रदर्शन जस्तो कानून व्यवस्थासित सम्बन्धित कार्यक्रमहरूपूर्व वरिष्ठ अधिकारीहरूले आफ्नो अधिनस्थ पुलिसकर्मीहरूलाई के गर्नु-के नगर्नु, यसको जानकारी दिनेछन्। तर कैयौं पटक निर्देश उपनिरीक्षक, सार्जेन्ट र अन्य कनिष्ठ कर्मचारीहरूसम्म पूर्ण रूपले पुग्न सक्दैन जसबाट ड्यूटी अवधि उनीहरूको भूमिका र जिम्मेवारीलाई लिएर भ्रमणको स्थित उत्पन्न हुन्छ।
यसै समस्यालाई समाधान गर्नको लागि दुई मिनटको भिडियो निर्देश दिने व्यवस्था शुरू गरिएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा