राज्यपाल माथुरले पाङ ल्हाबसोल पर्वको सिक्किमवासीलाई शुभकामना दिए
om prakash mathur


गान्तोक, 27 अगस्त (हि.स.)। राज्यपाल ओमप्रकाश माथुरले सिक्किमको ऐतिहासिक तथा पवित्र पर्व पाङ ल्हाबसोलको अवसरमा सम्पूर्ण सिक्किमवासीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

राज्यपालले आज जारी आफ्नो सन्देशमा भने, 'पाङ ल्हाबसोलका अवसरमा सिक्किमका मुख्य संरक्षक देवताको रूपमा प्रतिष्ठित कञ्चनजङ्घा पर्वतप्रति श्रद्धा र सम्मान प्रकट गरिन्छ। यो पर्वले हामीलाई प्रकृतिप्रति आदरभाव राख्न तथा आफ्नो समृद्ध सांस्कृतिक विरासतलाई संरक्षण र संवर्द्धन गर्न प्रेरणा दिन्छ।'

यो दिनले काबी लुङचोकमा लेप्चा र भोटिया समुदायबीच भएको ऐतिहासिक भाइचारा तथा सन्धिको सम्झौताको पनि प्रतिनिधित्व गर्ने राज्यपालले बताए। उनले सिक्किम विविधतामा एकता, पारस्परिक विश्वास र सद्भावको प्रतीक रहेको उल्लेख गरेका छन्।

उनले यस पावन अवसरमा संरक्षक देवतासँग सम्पूर्ण सिक्किमवासीको जीवनमा सुख, शान्ति र समृद्धि ल्याइदिन तथा सामाजिक र सामुदायिक सद्भावलाई अझ प्रगाढ़ बनाउन प्रार्थना गरेका छन्। राज्यपालले सबैलाई एकजुट भएर सिक्किमलाई प्रगति र विकासका नयाँ उचाइमा पुर्‍याउन निरन्तर अघि बढ्ने संकल्प गर्न आह्वान गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande