नेपालमा बाढ़ीको अवस्थाबीच तारकेश्वरका पर्यटक बेपत्ता, परिवार चिन्तित
नेपालमा बाढ़ीको अवस्थाबीच तारकेश्वरका पर्यटक बेपत्ता, परिवार चिन्तित


हुगली, 27 अगस्त (हि.स.)। गए बुधवार बिहान अन्तिम पटक फोनमा पत्नीसत बातचित भयो, त्यसपछि कुनै सम्पर्क हुन सकेको छैन। नेपाल घुम्न गएका तारकेश्वरका स्नेहाशिष दत्त बेपत्ता भएको कारण परिवार चिन्तित बनेको छ। तारकेश्वरको चावलपट्टी क्षेत्रमा स्नेहाशिषको घर छ।

परिवार अनुसार गत 21 अगस्तको दिन स्नेहाशिष दत्त कोलकाताको ‘चलो जाई’ टूर एजेन्सीसित नेपाल घुम्नका लागि गएका थिए। टूर एजेन्सीका कर्मचारी जयन्त सान्याल पनि तारकेश्वरकै हुन् भने उनी पनि त्यै टूरमा सामेल थिए।

परिवारजनले बतायो, भोलिपल्ट पर्यटकहरू रक्सौल पुगे अनि त्यहाँबाट काठमाण्डौं गए। मङ्गलवार सबै काठमाण्डौंमा थिए। बुधवार नेपाल बोर्डर पार गरेर तिब्बत बोर्डर तर्फ जाने योजना थियो। बुधवार बिहान लगभग 7:25 बजे स्नेहाशिषले आफ्नी पत्नी सोमा दत्तलाई फोन गरेर बताए, उनीहरू इमिग्रेशन विभाग तर्फ गइरहेका छन्। लगभग 8 बजे उनीहरू त्यहाँ पुग्नेछन्।

यसै अवधि क्षेत्रमा अचानक बाढ़ी आयो। बाढ़ी आउँदा स्नेहाशिष सहित केही पर्यटकहरू घटनास्थलमै उपस्थित थिए। त्यसपछिदेखि उनीसित कुनै सम्पर्क हुन सकेको छैन। परिवार उनी सुरक्षित फर्किने आशामा छ।

नेपालको रसुवा जिल्लामा बुधवार बिहान कोशी नदीमा अचानक आएको बाढ़ीले ठूलो विध्वंश मचाएको छ। यस प्राकृतक आपदामा अहिलेसम्ममा ज्यान गुमाउनेहरूको सङ्ख्या 160 पुगिसकेको छ भने 750 मानिसहरू बेपत्ता भएको बताइएको छ। नेपाल पर्यटन बोर्ड अनुसार आपदापछि 291 विदेशी नागरिकहरू समेत न्यूनतम 384 पर्यटकहरू बेपत्ता भएका छन् जसमा 142 जना भारतीय नागरिक पनि सामेल छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande