रक्तदान शिविरमा चिकित्सकीय अधिकारी बन्नेमाथि राष्ट्रिय मेडिकल कलेजका विद्यार्थीहरूलाई चेताउनी
रक्तदान शिविरमा चिकित्सकीय अधिकारी बन्नेमाथि राष्ट्रिय मेडिकल कलेजका विद्यार्थीहरूलाई चेताउनी


कोलकाता, 27 अगस्त (हि.स.)। रक्तदान शिविरमा सामेल हुने सन्दर्भमा राष्ट्रिय मेडिकल कलेज प्रबन्धनले चिकित्साशास्त्रका विद्यार्थीहरूलाई चेताउनी दिएको छ।

आरोप छ, हालैमा केही विद्यार्थीहरू एक रक्तदान शिविरमा ‘चिकित्सकीय अधिकारी’- को रूपमा सामेल भएका थिए। भविष्यमा यस्ता घटनाहरूको पुनरावृत्ति नहोस्, यसको लागि विद्यार्थीहरूलाई स्पष्ट रूपमा चेताउनी दिइएको छ। कलेज प्रबन्धनले भनेको छ, भविष्यमा पनि यस्तो सिकायत प्राप्त भए विद्यार्थीहरूमाथि कड़ा कारबाही गरिनेछ।

उल्लेखनीय छ, राष्ट्रिय मेडिकल कलेजका केही विद्यार्थीहरूले हालैमा एक निजी रक्त ब्याङ्कको प्रस्तावमा रक्तदान शिविरमा भाग लिएका थिए। किनभने रक्तदान शिविरमा चिकित्सकीय अधिकारीको खाँचो पर्छ।

आरोप छ, चिकित्साशास्त्रका विद्यार्थीहरूले नै यो भूमिका निर्वाह गरेका थिए। गए बुधवार कलेजकी प्राचार्य सुष्मिता भट्टाचार्यले एक सूचना जारी गरी विद्यार्थीहरूलाई चेताउनी दिइन्। राष्ट्रिय मेडिकल कलेजका सबै विद्यार्थीहरूको नाममा जारी सूचनामा भनिएको छ, भविष्यमा यदि कुनै विद्यार्थीले यस्तो कार्य गर्छ भने अर्थात विद्यार्थी हुँदा कुनै रक्तदान शिविरमा चिकित्सकीय अधिकारीको भूमिका निर्वाह गर्छ भने सम्बन्धित विद्यार्थीहरूविरूद्ध अनुशासनहीनताको आरोपमा कड़ा कारबाही गरिनेछ।

चिकित्सकीय अधिकारी बन्नको लागि चिकित्साशास्त्रको पढ़ाई पूरा गर्नु तथा आवश्यक उपाधि प्राप्त गर्नु आवश्यक छ। चिकित्सकले मात्र रक्तदान शिविरमा चिकित्सकीय अधिकारीको भूमिका निभाउन सक्छन्। त्यसैले चिकित्साशास्त्रका विद्यार्थीहरूले यो भूमिका कसरी निभाए, प्रश्न उठेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande