
कटिहार, 27 अगस्त (हि.स.)। जिल्लाको आजमनगर थाना पुलिसले मादक पदार्थहरूको तस्करीको विरोधमा कारबाही गर्दै लगभग 16-18 लाख रुपियाँको 205 ग्राम स्म्याकसितै तीन जना तस्करहरूलाई पक्राउ गरेको छ। यो पक्राउ कुशिदा सितलमनी निकट वाहन जाँच अभियान अवधि गरिएको हो।
थानाध्यक्षलाई गुप्त सूचना प्राप्त भएको थियो, तीन जना मानिसहरू एउटा मोटरसाइकलमा सवार भएर पश्चिम बङ्गाल तिरबाट अवैध मादक पदार्थ लिएर आजमनगर तर्फ आइरहेका छन्। सूचनाको आधारमा पुलिस बलले कुशिदा सितलमनी छेउमा गहन जाँच अभियान सञ्चालन गऱ्यो। यस अवधि बाइक सवारहरूले पुलिसलाई देखेर भाग्ने प्रयास गरे, तर पुलिस बलले तत्परता देखाउँदै सबैलाई घटनास्थलबाटै पक्राउ गऱ्यो।
जाँचमा 205 ग्राम स्म्याक, 2 वटा मोबाइल फोन तथा तस्करीमा प्रयोग गरिएको मोटरसाइकलाई जफत गरियो। पक्रा पर्ने आरोपीहरूको पहिचान आजमनगर दक्षिण टोला निवासी मो. शमीम अख्तर (40 वर्ष), मो. सद्दाम हुसैन (32 वर्ष) औ मो. ताज अशरफी (38 वर्ष)- को रूपमा भएको छ भने यी तीनै आरोपी मो. शाहिद हुसैनका पुत्रहरू हुन्।
में हुई है। तीनों आरोपी मो० शाहिद हुसैन के पुत्र हैं।
पुलिसले मादक पदार्थ र वाहनलाई जफत गरेको छ। सबै आरोपीहरूविरूद्ध एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरी उनीहरूलाई न्यायिक हिरासतमा राखी कारबाही गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा