पीओकेका १७औँ प्रधानमन्त्री बने इफ्तिखार गिलानी, शपथपछि भारतमाथि कडा टिप्पणी
पीओके के 17वें प्रधानमंत्री इफ़्तिख़ार गिलानी  (फाइल फाेटाे)


मुजफ्फराबाद, २९ अगस्त (हि.स.)। पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) का नेता इफ्तिखार गिलानी पाकिस्तान अधिकृत जम्मू-कश्मीर (पीओके) का १७औँ प्रधानमन्त्री बनेका छन्। शुक्रबार मुजफ्फराबादस्थित पीओके विधानसभा भवनमा आयोजित समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिए। शपथपछि विधानसभालाई सम्बोधन गर्दै गिलानीले भारतविरुद्ध कडा टिप्पणी गर्दै कश्मीर मुद्दालाई लिएर भारतको आलोचना गरे।

प्रधानमन्त्री पदका लागि भएको निर्वाचनमा गिलानीले ३० मत प्राप्त गरे भने पाकिस्तान पिपल्स पार्टी (पीपीपी) का उम्मेदवार सरदार मुख्तार खानले १४ मत पाए। गिलानी पहिलोपटक सन् २०११ मा पीओके विधानसभामा निर्वाचित भएका थिए। उनले यसअघि पीओके सरकारमा शिक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। यसपटक उनी प्राविधिक विज्ञ (टेक्नोक्रेट) का लागि आरक्षित सिटबाट विधानसभामा पुगेका हुन्।

जिओ न्युजका अनुसार, विधानसभामा आफ्नो पहिलो सम्बोधनका क्रममा गिलानीले कश्मीर मुद्दालाई संयुक्त राष्ट्रसंघका प्रस्तावअनुसार कश्मीरी जनताको आत्मनिर्णयको अधिकारसँग जोड्दै भारतको आलोचना गरे। उनले ५ अगस्त, २०१९ मा भारतले जम्मू-कश्मीरका सम्बन्धमा चालेका कदमको समेत विरोध गरे।

गिलानीले कानुन बनाएर कश्मीरलाई भारतको हिस्सा बनाउन नसकिने दाबी गरे। पाकिस्तान र कश्मीरबीचको सम्बन्धबारे उनले भने, “पाकिस्तान कश्मीरबिना अधुरो छ र कश्मीर पनि पाकिस्तानबिना अधुरो छ।”

उनले पाकिस्तान सेना तथा फिल्ड मार्सल सैयद आसिम मुनीरप्रति पनि आभार व्यक्त गरे। साथै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, पीएमएल-एन अध्यक्ष नवाज शरीफ र पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजलाई धन्यवाद दिए।

गिलानीले आफ्नो सरकारले पीओकेमा विकास र शासन व्यवस्थामा पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजको नेतृत्वमा पञ्जाबमा गरिएको सुधारजस्तै परिवर्तन ल्याउने प्रयास गर्ने बताए।

उनले स्वास्थ्य तथा शिक्षा प्रणालीमा सुधार, युवाका लागि सीपमा आधारित शिक्षा र सरकारी कामकाजमा पारदर्शिता बढाउने प्रतिबद्धता व्यक्त गरे। सरकारी नियुक्तिमा पारदर्शिता कायम गर्न नेसनल टेस्टिङ सर्भिस (एनटीएस) को ढाँचामा तेस्रो पक्षमार्फत भर्ती प्रणाली लागू गर्ने योजना पनि उनले सार्वजनिक गरे।

नवनिर्वाचित प्रधानमन्त्रीले पीओकेलाई डिजिटल अर्थतन्त्रतर्फ अघि बढाउने बताउँदै नागरिकका गुनासा समाधान गर्न डिजिटल सिटिजन पोर्टल शुरु गर्ने योजना सुनाए।

गिलानीले पीओकेका केही क्षेत्रमा अझै इन्टरनेट सेवाको समस्या रहेको स्वीकार गर्दै आगामी दिनमा अवस्थामा सुधार आउने अपेक्षा व्यक्त गरे। युवालाई रोजगारी तथा आधुनिक अर्थतन्त्रका लागि सक्षम बनाउन सीपमा आधारित शिक्षामा जोड दिने पनि उनले बताए।

यसैबीच, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इफ्तिखार गिलानी पीओकेका प्रधानमन्त्री निर्वाचित भएकोमा बधाई दिएका छन्। उनले पीओकेमा पीएमएल-एनको विजय पार्टी अध्यक्ष नवाज शरीफको नेतृत्व र कार्यकर्ताको मेहनतको परिणाम भएको बताए।

शहबाज शरीफले गिलानीले पीओकेको विकास तथा त्यहाँका जनताको हित र समृद्धिका लागि सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। केन्द्र सरकारले पीओकेका जनताको प्रगति, जीवनस्तर तथा कल्याणमा सुधार ल्याउन आवश्यक सबै सहयोग जारी राख्ने पनि उनले बताए।

पाकिस्तानी प्रधानमन्त्रीले पीओकेमा लोकतान्त्रिक प्रक्रिया निरन्तर अघि बढ्नु स्वागतयोग्य घटनाक्रम भएको बताएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande