मानवाधिकार पश्चिमी देशका हातमा राजनीतिक हतियार बनेको छ: अब्बास अराघची
ईरान के विदेश मंत्री अब्बास अराघची (फाइल फाेटाे)


तेहरान, २९ अगस्त (हि.स.)। इरानका विदेशमन्त्री अब्बास अराघचीले पश्चिमी देशहरूले मानवाधिकारको मुद्दालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गरिरहेको आरोप लगाएका छन्। उनले पश्चिमी देशहरूको हातमा मानवाधिकार “राजनीतिक हतियार” बनेको र आफ्नो स्वार्थ पूरा गर्न यसको प्रयोग भइरहेको बताएका छन्।

इरान सरकारको अन्तरराष्ट्रिय समाचार सञ्जाल प्रेस टीभीका अनुसार, अराघचीले तेहरानमा आयोजित ‘मिनाब स्कूल’ चित्रकला प्रदर्शनीका क्रममा यस्तो टिप्पणी गरेका हुन्। प्रदर्शनीमा गत २८ फरवरीमा इरानविरुद्ध अमेरिका-इजरायल युद्ध शुरु भएको पहिलो दिन मिनाबस्थित एक विद्यालयमा भएको भनिएको आक्रमणसँग सम्बन्धित कलाकृति प्रदर्शन गरिएको छ।

इरानी विदेशमन्त्रीले अन्य देशले मानवअधिकारको वास्तविक अर्थ बुझ्न चाहने हो भने उक्त प्रदर्शनीको भ्रमण गरी त्यहाँ प्रदर्शन गरिएका कलाकृतिलाई बुझ्नुपर्ने बताए। प्रदर्शनीतर्फ संकेत गर्दै उनले भने, “मानवअधिकार यहीँ छन्।” अराघचीका अनुसार, प्रदर्शनीमा राखिएका चित्रहरूले उक्त घटनाका साथै त्यसको मानवीय प्रभावलाई प्रस्तुत गरेका छन्।

अराघचीले दक्षिणी इरानको मिनाब शहरस्थित शजरे तैय्यबेह विद्यालयमा भएको भनिएको आक्रमणको पनि उल्लेख गरे। उनका अनुसार, विद्यालयमा २६४ विद्यार्थी कक्षामा उपस्थित रहेका बेला क्षेप्यास्त्र आक्रमण गरिएको थियो।

इरानी विदेशमन्त्रीको दाबीअनुसार, उक्त आक्रमणमा ७ देखि १२ वर्ष उमेर समूहका १६८ विद्यार्थी र २६ शिक्षकको मृत्यु भएको थियो भने ९६ भन्दा बढी व्यक्ति घाइते भएका थिए। यद्यपि, यी तथ्यांक तथा आक्रमणको परिस्थितिबारे स्वतन्त्र स्रोतबाट तत्काल पुष्टि हुन सकेको छैन।

अराघचीले इरानले मिनाब विद्यालयका बालबालिकालाई गुमाए पनि उनीहरू इरानी जनताका लागि “वीरताको उदाहरण” बनेको बताए। उनले मिनाब विद्यालय र त्यहाँका बालबालिका इरानी जनताका लागि एउटा महागाथा बनेको उल्लेख गर्दै इरानले उक्त घटना बिर्सन नसक्ने बताएको छ।

उनले अन्य देशले प्रदर्शनी आयोजना गर्न अनुमति दिएमा यसलाई ती देशहरूमा पनि लैजान सकिने बताए। मानवाधिकारसँग जोडिएको कथित अन्यायका परिणाम हेर्ने “साहस” सम्बन्धित देशहरूले देखाउनुपर्ने उनको भनाइ थियो।

इरानको मानवाअधिकारसम्बन्धी धारणा स्पष्ट रहेको दाबी गर्दै अराघचीले इरान “वास्तवमै मानवाधिकारमा विश्वास गर्ने” देश भएको बताए। उनले इरानले सधैँ इरानी जनताको अधिकारको रक्षा गर्दै आएको दाबी गरे।

अराघचीले इरानले अन्य देशलाई राजनीतिक उद्देश्यका लागि मानवअधिकारको मुद्दा प्रयोग गर्न अनुमति नदिने पनि बताएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande