नेपालमा बाढी प्रभावित १५ स्थानीय निकायलाई ‘आपदा संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने सरकारको निर्णय
राजपत्र में प्रकाशित सूचना


काठमाडौं, २९ अगस्त (हि.स.)। नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट अत्यधिक प्रभावित पाँच जिल्लाका १५ स्थानीय निकायलाई ‘आपदा संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको छ।

सरकारको निर्णयअनुसार, रसुवाका ४, नुवाकोटका ४, धादिङका ४, तनहुँका २ र गोरखाको १ स्थानीय निकायलाई आपदा संकटग्रस्त क्षेत्र घोषणा गरिनेछ। संकटग्रस्त क्षेत्र घोषित हुने रसुवाका स्थानीय निकायमा उत्तरगया गाउँपालिका, गोसाइँकुण्ड गाउँपालिका, कालिका गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिका रहेका छन्।

त्यसैगरी, नुवाकोटका विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका पनि संकटग्रस्त क्षेत्र घोषित हुनेछन्। यस अतिरिक्त, धादिङका गल्छी गाउँपालिका, सिद्धलेक गाउँपालिका, गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिका, तनहुँका देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिका तथा गोरखाको गण्डकी गाउँपालिकालाई पनि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको छ।

नेपाल–चीन सीमा क्षेत्रमा पर्ने भोटेकोशी–ल्हेन्दे क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ती जिल्लाका विभिन्न स्थानीय निकायमा ठूलो जनधन तथा भौतिक क्षति भएको जनाउँदै सरकारले यस्तो निर्णय गरेको हो। सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै उक्त निर्णय सार्वजनिक गरेको छ।

आपदा संकटग्रस्त क्षेत्र घोषणा भएपछि प्रभावित क्षेत्रमा राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यलाई प्राथमिकताका साथ अघि बढाउन सरकारलाई कानुनी रूपमा सहज हुने बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande