नेपाल: रसुवा बाढीमा बेपत्ता भएकामध्ये नवलपरासी पूर्वमा हालसम्म १५८ शव भेटिए
राहत बचाव कार्य में नेपाली सेना


काठमाडौं, २९ अगस्त (हि.स.)। नेपालमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका व्यक्तिमध्ये नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा शुक्रबार साँझसम्म १५८ शव फेला परेको छ। तीमध्ये शुक्रबार मात्रै थप ४८ शव बरामद गरिएको हो।

जिल्ला पुलिस कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी एवं डीएसपी अनिल पण्डितका अनुसार, जिल्लाबाट बग्ने नारायणी नदीका विभिन्न स्थानमा खोजी गर्ने क्रममा साँझसम्म १५८ शव फेला परेका हुन्। बरामद शवमध्ये १०९ वटा पूर्ण शरीरका छन् भने विभिन्न स्थानबाट ४९ शवका अलग-अलग अंग तथा अवशेष फेला परेका छन्।

डीएसपी पण्डितका अनुसार, बरामद शवमा ३१ महिला, ५१ पुरुष, ८ बालक र ११ बालिका रहेका छन्। बाँकी अवशेषमा ३० वटा खुट्टा, ११ वटा हात, ३ वटा तिघ्रा तथा कम्मरमाथिको एक भाग, टाउकोको एक भाग, पेटको एक भाग, शरीरको बायाँ भाग र छातीको एक भाग रहेका छन्।

जिल्लामा सबैभन्दा धेरै गैंडाकोट नगरपालिकाबाट १०३ शव फेला परेका छन्। त्यसैगरी मध्यविन्दु नगरपालिकाबाट २२, कावासोती नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाबाट १२–१२ तथा देवचुली नगरपालिकाबाट ९ शव बरामद भएका छन्।

नारायणी नदी किनारमा फेला परेका शवहरूलाई विभिन्न अस्पताल तथा वन कार्यालयका भवनमा सुरक्षित राखिएको छ। नगर अस्पताल गैंडाकोटमा ४८, मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा ४६, नगर अस्पताल मध्यविन्दुमा ६ र अंकुर सामुदायिक वनको भवनमा ५ शव राखिएका छन्।

त्यसैगरी गण्डकी अस्पताल पोखरामा ४१, लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा २, प्रदेश अस्पताल पाल्पामा ४ तथा मिसन अस्पताल पाल्पामा २ शव पहिचान तथा व्यवस्थापनका लागि पठाइएको छ।

डीएसपी अनिल पण्डितका अनुसार, ९ शव अझै नदी किनारमै रहेका छन् र तिनलाई सुरक्षित स्थानमा ल्याउने तयारी भइरहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande